डोटी — डोटीको क्वारेण्टाइनमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा आरटिपिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
भारतबाट आएर केआई सिंह गाउँपालिका वडा नं. ३ स्थित क्वारेन्टाइनमा १९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको थियोे । वडा नं. ३ दल्लका ती युवक भारतको दिल्लीबाट जेठ २० गते आइपुगेपछि सिताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।
मृतक युवक लामो समयदेखि मुटुको रोगी भएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...