२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

डोटीको क्वारेण्टाइनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि

डोटी — डोटीको क्वारेण्टाइनमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा आरटिपिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

भारतबाट आएर केआई सिंह गाउँपालिका वडा नं. ३ स्थित क्वारेन्टाइनमा १९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको थियोे । वडा नं. ३ दल्लका ती युवक भारतको दिल्लीबाट जेठ २० गते आइपुगेपछि सिताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।

मृतक युवक लामो समयदेखि मुटुको रोगी भएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए ।

Related News

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
  • २०७७ जेष्ठ २६

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...

TOP