२०८० मंसिर २०, बुधबार
December 6, 2023, Wednesday

डोटीको क्वारेण्टाइनमा एक जनाको मृत्यु : पिसिआर परिक्षणको तयारी

डोटी — डोटीको क्वारेण्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । जिल्लाको केआई सिंह गाउँपालिका वडा नं. ३ स्थित क्वारेन्टाइनमा १९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो ।

वडा नं. ३ दल्लका ती युवकको आइतबार बिहान तीन बजे मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए । उनी लामो समयदेखि मुटुको रोगी भएको बोहराले जानकारी दिए ।

भारतको दिल्लीबाट उनी जेठ २० गते आइपुगेपछि सिताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थिए । ‘१२/१३ वर्षदेखि छोरा रोगी थियो, खेत बेचेरसमेत उपचार भारतका विभिन्न अस्पतालहरुमा गरेको थिएँ’, मृतकका बुवाले शिखर समाचारसँग भने, ‘क्वोन्टाइनमा छोरालाई बिसञ्चो भएपछि भेट्न ४ बजे पुगेँ, म पुग्नेबितिक्कै छोरो बेहोस भइ ढल्यो ।’

छोरा ढलेपछि स्याहार गर्न उनी आफै क्वारेन्टाइन बस्ने सर्तमा भित्र पसेका थिए । पहिले पनि यस्तै लक्षण देखिने गरेकाले आफूहरुले सामान्य नै होला भनेर स्वास्थ्यकर्मीलाई नबोलाएको उनले बताए । मृतकका बुवा बिहानैदेखि क्वारेन्टाइनमा बसेका छन् ।

मृतक युवाको स्वाब संकलन गरी पीसीआर परीक्षणको तयारी भइरहेको स्वास्थ्य संयोजक बोहराले जानकारी दिए ।


Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ जेष्ठ २५

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP