धनगढी : सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको हो।
बाजुराको बुढिगंगा नगरपालिका वडा नम्वर १ की दुई बर्षिय मृतक बालिका र उनकी २३ बर्षीय आमा, धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का ४७ वर्षीय पुरुष, कैलालीको भजनी नगरपालिका वडा नम्वर ७ का २३ वर्षीय पुरुष र जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सुदूरपश्चिममा यसअघि २० जनामा कोरोना पुष्टि भईसकेको छ भने कर्णाली प्रदेशमा सुदूरपश्चिमकै थप दुई जना संक्रमितको उपचार भईरहेको छ।
दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...