२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु

बाजुरा- एक सता अघि भारतबाट आएका बाजुराका एक बालिकाको मृत्यु भएको छ । बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको जिल्ला अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो ।

सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालमा परिक्षणका क्रममा बालिकामा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय स्रोतले जनाएको छ । आइसोलेसनमा रहेकी मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ भने बुवाको रिर्पोर्ट नेगेटिभ आएको छ ।

यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ जेष्ठ १८

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP