२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाका कारण मृत्यु

बाजुरा- एक सता अघि भारतबाट आएका बाजुराका एक बालिकाको मृत्यु भएको छ । बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की २ वर्षीया बालिकाको जिल्ला अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो ।

सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालमा परिक्षणका क्रममा बालिकामा कोरोना पुष्टि भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय स्रोतले जनाएको छ । आइसोलेसनमा रहेकी मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना पुष्टि भएको छ भने बुवाको रिर्पोर्ट नेगेटिभ आएको छ ।

यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७७ जेष्ठ १८

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP