आईतबार विहानैबाट भारतमा लागेको ‘जनता कर्फ्यू’का कारण घर फर्कदै गरेका नेपाली बीचबाटोमै अलपत्र परेका छन् । जनता कर्फ्यूका कारण यात्रुबहाक सवारी साधन ठप्प गरिएको छ ।
जसका कारण घर फर्कदै आधाबाटो पुगेका नेपालीहरु बीचबाटोमै अलपत्र पर्नुपरेको गुनासो छ ।
मथुरा बसपार्कमा मात्रै अहिले हज्जारौँ नेपाली अलपत्र अवस्थामा रहेको डोटी बोगटान फुड्सील गाउँपालिका–७ का भक्त कुडमालले बताए । म्यासेञ्जरमा कुरा गर्दै उनले भने, ‘यहाँ नेपालका सबैजसो ठाउँका हज्जारौँ नेपाली अलपत्र छौ । बस, ट्रेन केहीपनि चलिरहेका छैन् ।’
अलपत्र परेका अधिकांश नेपालीहरु बर्षौपछि परिवारैसहित नेपाल फर्किरहेका छन् । जसमा स–साना बालबालिकादेखी लिएर वृद्धवृद्धा समेत छन् । ‘कामकाज सबै बन्द भएपछि परिवारैसहित आएका छौ,’ अछामको ढकारी गाउँपालिका–३ का विराज सुजीले दुखेसो पोखे,‘यहाँ त अलपत्र परियो ! न खान, केही पाईन्छ, न पानी ! बच्चाहरु भोकले छट्पटाईसके ।’ बसपार्क नजिकका होटल र पसलहरु समेत पूर्ण रुपमा बन्द रहेको उनले बताए ।
भारतमा नोवेल कोरोना भाईरस (कोभिड–१९)को संक्रमण भेटिएपछि मार्चको १५ तारिखबाट होटल तथा कलकारखानाहरु बन्द भएका छन् । जसले त्यहाँ कार्यरत नेपाली श्रमिकहरु कामबिहिन बनेका छन् । कैयौँ काम गर्ने ठाउँमै बसिरहेकाहरु समेत आश्रयबिहिन बनेका छन् ।
‘होटल बन्द भयो । कहाँ बस्ने ? के खाने ? ठेगान भएन् । खुल्ने समय दुईमहिनाभन्दा बढी नाघ्नसक्ने सुनियो,’ झापा विर्तामोडका सुशान्त राईले भने,‘त्यसैले घर फर्किन लागेको । यहाँ(मथुरा) अलपत्र परियो ।’
कोरोनाको संक्रमण फैलिएपछि कामगर्ने ठाउँहरु धमाधम बन्दभएपछि धेरै युवाहरुले तलब समेत नपाएको गुनासो छ । ‘फर्कनेबेला तलबै पाईएन्, चोखो भाँडा(सवारी भाडा) बोकेर हिडिरहेका छौ,’कुडमालले भने,‘यस्तोमा यसरी बिचबाटोमा अलपत्र पर्दा निकै कठिनाई भईरहेको छ ।’
भारतिय प्रधामन्त्री नरेन्द्र मोदीले केहीदिनअघि देशवासीका नाममा सम्बोधन गरेर आईतबार बिहान ९ बजेदेखी राती ९ बजेसम्म ‘जनता कफ्र्यू’ आह्वान गरेका थिए । सो ‘कफ्र्यू त्यसपछि कति लामो चल्ने हो ?’ भनेर भारतमा अन्योलको स्थिती छ ।
काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...