२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

मंगलबार देखी गड्डाचौकी नाका बन्द: पैदल यात्री समेत आवत–जावत गर्न नपाउँने

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गड्डाचौकी नाका बन्द गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाको अध्यक्षतामा आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

भारतको वनवासासंग जोडिएको उक्त नाका मंगलबार ११ गते देखि अर्को सुचना प्रकाशित नभएसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । प्रशासनले पैदल यात्रीलाई समेत आवत जावतमा रोक लगाउँने जनाएको छ ।

यो संगै आइतबार राती १२ बजे पछि लागु हुने गरी भीमदत नगर पालिकाका दैनिक उपभोग्यका पसल , राहत उद्दार बाहेक यातायात, सम्पुर्ण बजार, पसल, ब्यवसाय, उद्योग र कलकारखाना समेत पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७६ चैत्र ९

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP