२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026, Friday

भारतमा कोरोनाबाट मर्नेको संख्या ६ पुग्यो

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या ६ पुगेको छ । 

पछिल्लो समय महाराष्ट्रको मुम्बइमा ६५ वर्षीय वृद्ध र बिहारको पटनामा ३८ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको हो ।

यसअघि भारतका विभिन्‍न सहरमा फरक-फरक मितिमा चार जनाको मृत्यु भएको थियो । 

मुम्बइको कस्तुरबा गान्धी अस्पतालमा कोरोना संक्रमित ६५ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

सोही अस्पतालमा मार्च १६ मा ६४ वर्षीय वृद्धको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको थियो । 

बिहारमा मृत्यु भएका युवक केही समयअघि साउदी अरबबाट फर्किएका बताइएको छ । 

बिहारमा स्कटल्याण्डबाट फर्किएका एक अन्य व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण फेला परेको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।   

 

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७६ चैत्र ९

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP