डोटी – शिखर नगरपालिकाले एसईई केन्द्रमा कोरोना हेल्पडेक्स राख्ने भएको छ । बिहिबारबाट शुरु हुने एसइइ परिक्षा केन्द्रमा हेल्पडेक्स राख्ने निर्णय भएको नगर शिक्षा इकाइ प्रमुख उद्धव मल्लले बताए ।
हेलपडेक्सले परिक्षा दिने बिद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कोरोनाको संक्रमणबाट बचाउन मद्धत गर्ने नगर स्वास्थ्य इकाई प्रमुख हरिश शाहले बताए ।
शिखर नगरपालिकामा एउटा परिक्षा केन्द्र तोकिएको छ । राधाकृष्ण माबिमा राखिएको सो परिक्षा केन्द्रमा कोरोना हेल्पडेक्स राख्ने तायारी भैरहेको छ । हेल्पडेक्सले कोरोना संक्रमण रोकथाम, चेकजाँच, बच्ने उपाय र भाइरसबारे जानकारी दिुनुका साथै अन्य प्राथमिक उपचारको समेत व्यवस्था गरिने नगरप्रमुख सिताराम जोशीले बताए ।
नगरपालिकाले नगरपालिकामा कोरोना भाइरस बारे जनचेतनामुलक कार्यक्रमहरु समेत सञ्चालन गर्ने जनाएको छ ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...