दिपायल – नेपाली कांग्रेस डोटीको बिपी र सिद्धराज स्मृति भवनको उद्घाटन गरिएको छ ।
सिलगढीमा पार्टी कार्यालय सञ्चालनमा रहेको “बिपी स्मृति भवन” र दिपायलमा निर्मित “सिद्धराज स्मृति भवन”को शुक्रबार बिहान उद्घाटन गरिएको हो ।
“बिपी स्मृति भवन”को नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति एवं पूर्व मन्त्री वीर बहादुर बलायरले उद्घाटन गरेका हुन् । हाल पार्टी कार्यालय सञ्चालन रहेको उक्त भवनको निर्माण सभापति बलायर जिल्ला सभापति रहँदा गरिएको थियो ।
त्यस्तै दिपायलमा निर्माण गरिएको “सिद्धराज स्मृति भवन” को प्रदेश सभापति बलायर र जिल्ला सभापति नरेन्द्र बहादुर सिंहले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभापति बलायर भवन निर्माणमा योगदान दिने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भयो ।
दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...