२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

स्मरणशक्ति क्षीण हुनबाट जाेगाउन…

सम्झनाशक्ति सबै मानिसमा समान हुँदैन। तर, केहीमा रोगका कारण पनि ह्रास आइरहेको पाइएको छ। स्मरणशक्ति हाम्रो जीवनशैलीमा पनि निर्भर रहन्छ। स्मरणशक्ति बढाउने केही उपाय—

नियमित रूपमा याेगाभ्यास, व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा रक्तसञ्चार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरणशक्ति बढाउँछ।

निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण भइरहेको हुन्छ । दिमागलाई सधैँ चनाखो बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ ।

बदाम, ओखर, हरियो सागपात, ग्रीन टी आदिको नियमित सेवनले स्मरणशक्ति बढ्छ।

दिमागलाई कसरत हुने खेल–बाघचाल, चेस, लुडो आदि खेल्दा दिमाग तेजिलो बनाउन सहयोग पुग्छ।

दैनिक नयाँ कुराको खोजी गर्नुस् । जसले दिमागलाई सधैँ सक्रिय राख्छ  र स्मरणशक्ति क्षीण हुनबाट बचाउँछ।

सम्झन गाह्रो हुने नाम, वस्तु र संख्यालाई आफूले स्मरण गर्न सक्ने वस्तुसँग जोड्ने गर्नाले पनि बिर्सने समस्याबाट राहत पाउन सकिन्छ।

घर या अफिसका सामान सधैँ निश्चित ठाउँमा राख्ने गर्नाले ती सामान हराउनबाट जोगाउन सकिन्छ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ भाद्र २३

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP