२०७८ श्रावण ८, शुक्रबार
July 23, 2021, Friday

सुरक्षित मातृत्व सञ्जाल महासंघद्वारा स्वास्थ्य कार्यालय डोटीलाई स्वास्थ्य सामग्री सहयोग

नरेश बोगटी

सिलगढी- सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपाल डोटीले स्वास्थ कार्यालय डोटीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सुरक्षीत मातृत्व सन्जाल महासँघ नेपाल डोटीले डा.आरजु राणा देउवाको आर्थिक सहयोगमा पिपिई सेट लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि अग्रपंतीमा रहेर खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि स्वास्थ्य कार्यालय डोटीलाई स्वास्थ्य सामग्री वितरण गरिएको नेपाली काङ्ग्रेस जिल्ला कमिटी सदस्य सुशील घर्तीले बताए ।

उनले ८ सेट पिपिई सेट (बुट, गगल्स, फेस सिल्ड) सहित, एन नाइण्टी फाइफ मास्क ५० पिस, १ वटा थरमल गन, ५ पाकेट पन्जा, २०० वटा पेपर मास्क,७० वटा साबुन,९६ वटा स्यानेटरि प्याड,सेनेटाइजर १० लिटर स्वास्थ कार्यालय डोटीलाई हस्तान्तरण गरेको छ ।

स्वास्थ्य सामग्रीको प्रयोगले स्वास्थ्यकर्मी सुरक्षित हुनुका साथै स्वास्थ्यकर्मीबाट अन्य विरामीमा समेत कोरोना संक्रमण सर्नबाट रोक्ने र स्वास्थ्यकर्मीलाई भाइरस नियन्त्रणका लागि काम गर्ने हौसला मिल्ने डोटीका स्वास्थ्य कार्यालय प्रमुख रमेश मलाशीले बताए ।


Related News

प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
  • २०७७ जेष्ठ ३०

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओली समूहका केही सांसदले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
  • २०७७ जेष्ठ ३०

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत...

प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
  • २०७७ जेष्ठ ३०

काठमाडौं– जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत...

TOP