२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

कांग्रेस नेतृ देउवाद्वारा बडिकेदार गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

चक्र मल्ल / शिस

बडिकेदार- नेपाली कांग्रेसकी नेतृ एवं सुरक्षित मातृत्व सञ्जालकी अध्यक्ष डा. आरजु राणा देउवाले बडिकेदार गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । नेतृ देउवाले नेपाली काँग्रेस डोटीका नेता सुशील घर्ती मार्फत गाउँपालिकाको स्वास्थ्य शाखालाई स्वास्थ सामाग्री हस्तान्तरण गरेकी हुन् ।

कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि देउवाले गाउँपालिकालाई दुई थान पिपिई सेट, एक थान थर्मल गन, दुई सय सर्जिकल मास्क, दुई थान ग्लोव्स, ४ थान एन नाइण्टिफाइव मास्क, साबुन, सेनेटाइजर लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको नेता घर्तीले शिखर समाचार संग बताए ।

स्वास्थ्य सामग्री सहयोग गरेकोमा धन्यबाद दिदै गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले गाउँपालिकालाई दिइएको उक्त सामग्री कोरोना नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य शाखा मार्फत सदुपयोग गरिने बताए ।

पूर्व सांसद राणाले गृह जिल्ला डडेल्धुराका सबै स्थानीय निकाय, सुरक्षाकर्मीका साथै जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरालाई समेत ठूलो मात्रामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छिन् । जिल्लाका सात वटै पालिकाका १२ वटा बर्थिङ्ग सेन्टर, दुई वटा सुरक्षा निकाय र जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुरालाई समेत स्वास्थ्य सामग्री सहयोग गरेको रुडुक नेपालकी डडेल्धुरा अध्यक्ष सरस्वती खड्काले जानकारी दिइन् ।

Related News

केदार ज्योतीपुञ्ज क्याम्पस बिपिनगरमा गठबन्धन भत्काउँदै नेविसंघको प्यानल निर्वाचित
केदार ज्योतीपुञ्ज क्याम्पस बिपिनगरमा गठबन्धन भत्काउँदै नेविसंघको प्यानल निर्वाचित
  • २०७७ जेष्ठ २७

दिपायल – केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस विपिनगरमा नेपाल विद्यार्थी संघको...

TOP