२०७९ श्रावण २९, आईतवार
August 14, 2022, Sunday

डा.आरजु देउबाद्वारा सुदूरपश्चिममा लाखौंको स्वास्थ्य सामाग्री सहयोग

सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी केन्द्रिय अध्यक्ष तथा वरिष्ठ सामाजिक अभियन्ता डा. आरजु राणा देउवाले सुदूरपश्चिमको डोटी,डडेल्धुरा,बाजुरा र बैतडीका जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा रहेका प्रसुती गृहलाई लाखौँको स्वास्थ सुरक्षा सामाग्री सहयोग गर्नुभएको छ ।

क‍ोराना भाईरसको संक्रमणबाट बच्न र प्रसुती गृहमा रहेका गर्भवती र सुत्केरी महिला एंव नवजात शिशुको स्वास्थ्यलाई मध्येनजर गर्दे स्वास्थ सुरक्षामा विशेष सहयोग पुगोस भन्ने उद्धेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्वास्थ सामाग्री हस्तान्तरण गरिएको संजालकी अध्यक्ष एवं वरिष्ठ सामाजिक अभियन्ता डा. आरजु राणा देउवाले बताउनु भयो । उहाँले भन्नुभयो स्वास्थ सामाग्रीले कोरोना भाईरस संक्रमणबाट वच्न र अन्य जोखिम न्युनिकरणमा प्रसुति गृहमा रहेका गर्भवती, सुत्केरी र नवजात शिशुलाई प्रत्यक्ष टेवा पुग्नेछ ।

अध्यक्ष देउवाले डोटीका ५ ,डडेल्धुराका १३,बैतडीका ४ र बाजुराका ४ वटा गरी ४ जिल्लाका २६ वटा स्वास्थ्य सस्थाका प्रसुती गृहलाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गर्नुभएको हो ।

जसमा पिपिई सेट ७६ सेट,सेनिटाईजर ११० लिटर,थरमल गन २६ वटा,पन्जा ६३ प्याकेट,पेपर मास्क ५२०० पिस,एन ९५ मास्क २८८ पिस,साबुन ७२० पिस,सेनिटरी प्याड २४९६ वटा र फेससिल्ड ७६ वटा रहेका छन् । डा. आरजु देउवाले सुदूरपश्चिमका ९ जिल्लाका ५३ वटा प्रसुति गृहमा स्वास्थ सामाग्री हस्तान्तरण गर्न लाग्नुभएको सुरक्षित मातृत्व संजाल कैलालीका अध्यक्ष विनय लामाले बताउनुभयो ।

Related News

अपाङ्ग अधिकार मञ्च नेपालको अध्यक्षमा शारदा विष्ट
अपाङ्ग अधिकार मञ्च नेपालको अध्यक्षमा शारदा विष्ट
  • २०७७ जेष्ठ २९

दिपायल – अपाङ्गका सवालमा काम गर्दै आइरहेको संस्था अपाङ्ग अधिकार...

TOP