२०८० मंसिर २१, बिहीबार
December 7, 2023, Thursday

सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी महिला कोरोना संक्रमित

सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुग्यो

शिखर डेस्क- सेती प्रादेशिक अस्पतालमा एक जनाको मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको छ । शुक्रवार मृत्यु भएकी धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की एक महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए ।

गएराती महिलाको सेती प्रादेशिक अस्पतालकोे डायलासिस वार्डमा मृत्यु भएको थियो । उनि भर्ना भएको अस्पातलको डायलासिस वार्ड सिल गरिएको छ । मृतक महिलाको आरडिटी रिपोर्ट नेगेटिभ आएको थियो ।

सेती अस्पतालमा बिरंग हेल्थ केयरले डायलासिस वार्ड सञ्चालन गर्दै आएको छ ।

योे संगै सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यस अघि कोरोना भाइरसका कारण जेठ १८ गते पहिलो पटक बाजुराकी दुई वर्षीया बालिकाको  मृत्यु भएको थियो ।

भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकी बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १ की बालिकाको कोरोनाका कारण मृत्यु भएको थियो भने मृतककी आमामा समेत कोरोना संक्रमण पुष्टि भएको थियो । उनकी आमाको बाजुरा अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

दुबैको मृत्यु पछि मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०७७ जेष्ठ २४

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP