काठमाण्डौं- परराष्ट्र मन्त्रालयले विभिन्न २० देशमा रहेका २ सयभन्दा बढी नेपाली नागरिकमा कोराेना भाइरसको संक्रमण भएको जनाएको छ।
जसमा सबैभन्दा धेरै अमेरिकरामा रहेका नेपालीमा ६० जनाभन्दा बढी कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी बेलायत र खाडी मुलुकमा धेरै नेपाली कोरोना प्रभावित रहेको बताइएकाृ छ ।
कोरोना भाइरसको संक्रमणको कारण अमेरिका र बेलायतमा ६ ६ नेपालीको ज्यान गइसकेको तथ्याङ्क रहेको छ । त्यस्तै बेलायतमा ३५ जनामा कोरोना संक्रमण भएको जनाइएको छ । बहराइनमा २२ जना, यूएईमा ११ जना, कुवेतमा १२ जना, साउदी अरेबीयामा चार जना र मलेसियामा एक जनामा संक्रमण देखिएको बताइएको छ ।
त्यस्तै जापानमा दुई जना, अस्ट्रेलियामा आठ, पोर्चुगलमा १२, स्पेनमा कम्तीमा आठ जना र स्वीट्जरल्यण्डमा पाँच जनामा सङ्क्रमण देखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार माल्दिभ्समा दुई जना, हङकङ, बेल्जीयम, इजरायल र न्यूजील्याण्डमा पनि एक–एक जना नेपालीलाई संक्रमण देखिएको छ । यता छिमेकी मुलुक भारतको मुम्बईमा अछामका आठ जना नेपालीमा सङ्क्रमण देखिएको छ ।
बेङ्गलुरु- भारतको बेङ्गलुरुमा रहेको मनिपाल हस्पिटलमा एक नेपाली उपचार अभावमा...