२०७७ मंसिर १७, बुधबार
December 2, 2020, Wednesday

कक्षा १२ मा ४० पूर्णाङ्कको अनलाइन परीक्षा लिने प्रस्ताव

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को १०० मध्ये ४० पूर्णाङ्कको परीक्षा अनलाइन प्रणालीबाट लिने प्रस्ताव गरेको छ।

बोर्डले ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारसमक्ष सिफारिस गरेको हो।

उक्त प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेपछि कार्यान्वयन हुनेछ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले सरकारबाट स्वीकृति पाएपछि कार्यविधि र प्रश्नपत्र बनाई ४० नम्बरका लागि अनलाइन परीक्षाको तालिका प्रकाशन गरिने जानकारी दिए। उनले अनलाइनबाट गरिए पनि परीक्षा दशैं पछाडी हुने बताए।

गत वैशाख ८ गतेदेखि तोकिएको परीक्षा बन्दाबन्दीका कारण स्थगित भएको थियो।

चार लाख ३२ हजार विद्यार्थीले परीक्षाको लािग आवेदन भरेका छन्।

Related News

नेपाली सेनाको परीक्षामा २ जना नक्कली परीक्षार्थी पक्राउ
नेपाली सेनाको परीक्षामा २ जना नक्कली परीक्षार्थी पक्राउ
  • २०७७ आश्विन २

कञ्चनपुर- नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा अर्कैका नाममा परीक्षा दिन लगाउने र दिने दुवै व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कञ्चनपुर भीमदत्त नगरपालिका...

धनगढीका नगरप्रमुख र उप–प्रमुखद्धारा परीक्षाकेन्द्रको अनुगमन
धनगढीका नगरप्रमुख र उप–प्रमुखद्धारा परीक्षाकेन्द्रको अनुगमन
  • २०७७ आश्विन २

धनगढी- धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले अहिले संचालनमा रहेको कक्षा १२ को बार्षिक परीक्षा केन्द्रको...

उच्च अदालतद्वारा जिल्ला अदालतको  फैसला बदर : आरोपी शिक्षकलाई पुनः थुनामा राख्न आदेश
उच्च अदालतद्वारा जिल्ला अदालतको फैसला बदर : आरोपी शिक्षकलाई पुनः थुनामा राख्न आदेश
  • २०७७ आश्विन २

डोटी- उच्च अदालत दिपायलले तीन लाख धरौटीमा छुटेका बलात्कार आरोपी शिक्षकलाई पुनः थुनामा राखेर कारबाही अगाडी बढाउन आदेश दिएको छ...

TOP