२०८० मंसिर २०, बुधबार
December 6, 2023, Wednesday

चलचित्र हलहरु सुनसान हुन थाले

कोरोना भाइरसको त्रासका कारण नेपाली चलचित्र हलहरुमा व्यापार घटेको छ ।  सरकारले बिहीवार साँझ १९ वटा मध्ये १९ औं नम्बरको निर्णयले चलचित्र क्षेत्रमा थप संकट उत्पन्न भएको छ ।

मन्त्रिपरिषदको बैठकले ठूलो संख्यामा मानिसहरुको भेला हुने सिनेमा हलमा नजान आव्हान गरेको थियो । ‘कोरोना भाइरसको संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एंव मेला महोत्सव सहभागी नहुन आम जनसमूदायलाई आह्वान गर्ने’, सरकारले गरेको निर्णयमा भनिएको छ  ।

सरकारको आह्वान भन्दा अगावैदेखि कोरोनाको त्रासले हलमा दर्शक पातलिन थालेका थिए । सरकारी निर्णयपछि हलहरु थप सुनसान हुन थालेका छन् । देशभरका लगभग एकसय भन्दा बढी हलहरु बन्द हुने अवस्थामा पुगेको र ब्यापार चौपट बनेको हल संचालकहरुको भनाइ छ ।

कतिपय स्वदेशी तथा विदेशी चलचित्रहरुले आफ्नो प्रदर्शनको मिति पर सारेका छन् भने मिति निर्धारण भइसकेको चलचित्रहरु अन्योलमा छन् ।  ‘लक्का जवान’ र चैत २८ का दुई फिल्म ‘प्रेमगीत ३’ र ‘चपली हाईट ३’ को प्रदर्शनमा अन्योलता देखिएको छ । यसअघि ‘म यस्तो गीतत गाउँछु २’ र ‘नीरफूल’ले प्रदर्शन स्थगित गरेका छन् ।

फागुन ९ गतेबाट प्रदर्शनमा आएको हास्यकलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को  ‘सेन्टी भाइरस’ शुक्रवारबाट काठमाडौंका मल्टीप्लेक्सहरुबाट उत्रिएको छ । तेस्रो हप्तासम्म हलमा टिकेको चलचित्र चौथो हप्ताबाट मल्टीप्लेक्सहरुले उतारेका हुन् । यद्यपी, चलचित्रले दुई हप्तामा चार करोड रुपैंयाँ आम्दानी गरेको दाबी निर्माण पक्षले गरेको छ ।

कोरोनाको त्रासका कारण नयाँ चलचित्रहरुले मिति घोषणा गर्न सकेका छैनन । हाल प्रदर्शनमा रहेको दीपेन्द्र के खनालको  ‘आमा’ले भने दर्शकहरुको न्यून साथ पाइरहेको छ । 

Related News

‘देउडा’मा मायाप्रीतिदेखि व्यङ्ग्य
‘देउडा’मा मायाप्रीतिदेखि व्यङ्ग्य
  • २०७६ चैत्र ४

सुदूरपश्चिम – हरेक उत्सवमा खेलिने देउडाले यतिबेला सुदूरपश्चिमको माहौल तताएको...

TOP