२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण : एक जनाको मृत्यु

धनगढी : सुदूरपश्चिममा थप पाँच जनामा कोरोना पुष्टि भएको छ। धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको हो।

बाजुराको बुढिगंगा नगरपालिका वडा नम्वर १ की दुई बर्षिय मृतक बालिका र उनकी २३ बर्षीय आमा, धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का ४७ वर्षीय पुरुष, कैलालीको भजनी नगरपालिका वडा नम्वर ७ का २३ वर्षीय पुरुष र जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिममा यसअघि २० जनामा कोरोना पुष्टि भईसकेको छ भने कर्णाली प्रदेशमा सुदूरपश्चिमकै थप दुई जना संक्रमितको उपचार भईरहेको छ। 

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ जेष्ठ १८

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP