प्रदीप पौडेल
अनेकौं हन्डर–ठक्कर खाएको हाम्रो इतिहासले लामो संघर्षपछि लोकतन्त्र स्थापना गर्न सफल भएको थियो । निरंकुश जहानियाँ राणा शासनदेखि पञ्चायती व्यवस्थाको अन्त्यसम्म लाखौं जनाताले बलिदान र त्याग गर्नुपर्यो । हजारौं सहिद भए ।
लामो त्याग र तपस्याले अन्ततः जनताको अधिकार स्थापना ग¥यो । देशमा संविधान बन्यो । सबै तहको चुनाव सम्पन्न भयो । इतिहासमै बिरलै प्राप्त हुने दुईतिहाइ सहितको बलियो सरकार बन्यो ।
जनताले सरकारलाई देश निर्माणको जिम्मा सुम्पिए । संविधानमा निर्दिष्ट भएर नीति, नियम, कानुन बनाउने र थिति बसाल्न जिम्मा सरकारलाई मिल्यो । जनताको प्रत्यक्ष सहभागितामा आधारित भइ आर्थिक समृद्धिले फड्को मार्ने सम्पूर्ण अवसर सरकारलाई थियो ।
देशलाई भ्रष्टचारमुक्त गर्दै सुशासन कायम गर्ने बलियो आधार थियो । आर्थिक–सामाजिक र मानव विकासमा ठूलो परिवर्तन गर्न सक्ने वातावरण निर्माण भएको बेला थियो । स्थानीय, प्रदेश, केन्द्रीय तहसम्म आफ्नै हालीमुहाली भएको दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई आमनागरिकका दैनिक जीवनसँग जोडिएका प्रत्यक्ष र परोक्ष समस्याहरुको समाधान खोज्नु प्रमुख जिम्मा थियो ।
तर, आज जनताको मतलाई ठूलो अपमान गर्दै ओली सरकार संसद् विघटनको निर्णयमा पुगेको छ । संसदमाथि गरिएको यो भन्दा ठूलो अपमान अर्को केही हुन सक्दैन ।
राजा महेन्द्र र ज्ञानेन्द्रले गरेको ‘कू’ भन्दा फरक छैन ओलीको यो कदम । दुईतिहाइको बलियो सरकारले लोकतन्त्रमाथि ठूलो बज्रपात गरेको छ । जनताको मतको अपमान भएको छ । संविधानलाई लत्याएर लोकतन्त्रलाई अपहरण गर्ने कुकृत्य भएको छ ।
संवैधानिक व्यवस्थाको अपहेलना भएको छ । जनताले चुनेका प्रतिनिधिहरूको अभिमानलाई तिरस्कार गरेको छ । बाहुबलको मातमा सबैको आवाजलाई जबर्जस्ती बन्द गरेर निरंकुश चरित्र प्रदर्शन गरेको छ । व्यक्तिगत स्वार्थ पूरा गर्न सिंगो देशलाई नै दुर्घटित गराउने ओली सनकले राष्ट्र नै गम्भीर मोडमा धकेलिएको छ ।
संविधानले दिएको अधिकारलाई निमोठेर ओलीले चालेको कदम तानाशाही प्रतिबिम्ब हो । यो संवैधानिक रुपमा अवैध छ ।
ओली निरंकुशताविरुद्ध लड्नुको अर्को विकल्प छैन । लोकतन्त्रको रक्षाका लागि आम जनता, राजनीतिक दल, बुद्धिजीवि र नागरिक समाजलाई एकजुट हुनका लागि म हार्दिक अपिल गर्दछु ।
धर्मेन्द्र झा- आज बिहीबार देशैभरि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदैछ । मूलतः नेपाली कांग्रेसले संस्थागत रुपमा मनाउँदै आएको यो...
नेपालमा सक्रिय राजतन्त्रलाई २०४७ सालको संविधानले संवैधानिक औपचारिक आलंकारिक राष्ट्र प्रमुखको रूपमा राजतन्त्र बनाएपछि नेपालमा लोकतन्त्र पुनस्र्थापित भएको हो ।...
गोविन्द अधिकारी नैनबहादुर स्वाँरलाई मैले चिन्दा उनी राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए । म तनहुँको एउटा गाउँ पञ्चायतको उपप्रधानपञ्च थिएँ ।...