दिलबहादुर छत्याल
कैलाली- भजनी वडा नम्वर ८ काडाढिकका भीम बहादुर जनाला छ जनाको परिवार सहित सात दिन देखि हुलाकी सडकमा पाल टाँगेर वसेका छन। गत बुधवार एक्कासी नदीको बाढी वस्तीमा पसेर घर डुवाएपछि ज्यान जोगाएर श्रीमती र छोरा छोरी सहित उनी सडकमा आएर वसेका हुन। डुवान परेको पानी सुकेर घर फर्कने दिनको पखाई वस्दा वस्दै ७ दिन भैसकेपनि घर कहिले फर्कने भन्ने टुंगो छैन। ‘घरको पानीको सुकेको छैन, काठको खम्वा हालेर बनाएको कच्ची घर पनि बाढीले पुरै मख्खीसकेको छ’उनले भने,‘पानी सुकेपछि पनि मख्खिीसकेको घरमा मर्मत नगरि वस्न गाह्रो छ।’ विस्थापित भएर सडकमा आएपछि सोमवार ६ दिनसम्म चाउचाउ र चिउराकै भरमा परिवार वसेको उनले सुनाए।‘घरवाट केहि समान ल्याउन पाएनौं, सडकमा वसेपछि राहात पाइएको चाउचाउ र चिउरा मात्रै हिजो सम्म खाएर काट्यौं’उनले भने,‘हिजो सोमवार साँझ मात्र १० के.जीं चामल र दाल पाइयो।’
भजनी ८ कै ध्वज बहादुर बि.क. पानी एक्कासी आगनमा आएर घर नै डुवाउन थालेपछि सवै समान छोडेर ४ जनाको परिवार लिएर हुलाकी सडकमा पुगे।‘शुरुका २४ घण्टा त केहि खान नपाएर भोकभोकै वसे’उनले भने,‘पछि चाउचाउ र चिउरा पाइएपछि त्यहि खाएर वस्यौं।’ हिजो साँझ चामर र दाल पाइएपछि ६ दिनपछि दातभात खान पाएको उनले बताए। घरमा पानी नसुकेकोले अझै सडकमै वस्नु परेको उनले सुनाए।
भजनी ८ का मोती बि.क को घर बाढीले भत्कीसकेको छ। ३ छोरी र १ छोरा सहित उनी पनि ७ दिन देखि हुलाकी सडकमै आश्रय लिएर वसेकी छन।‘ बाढीले सवै लुगाकपडा, खाद्यान, सरसमान नष्ट त सवैको गर्यो, मेरो त घर समेत भत्काईदियो।’उनले भनिन्,‘पानी सुकेपछि कसरी घर बनाउने भन्ने चिन्ता भएको छ।’
भजनी ८ का खेमराज काफ्ले ले बाढीले घरमा रहेका चामल, गहुँ सवै नष्ट भएको बताए। बर्षातमा बाढीले घर डुवानमा पर्ने र उच्चो स्थानमा आश्रय लिएर वस्नुपर्ने प्रत्येक बर्षातको नियती रहेको उनले बताए। ‘ बिगतका बर्षमा बाढी घरको आगनमा आउने बित्तिकै सरसमान समातेर, चौपाय लगेर उच्चो ठाउँमा जाने गथ्र्यौैं’उनले भने,‘यस पटक यसरी बाढी आयो कि एकैपटक घर डुवाउन थालेपछि सरसमान लैजान त काहाँ हो, आफ्नै ज्यान जोगाउन गाह्रो भयो।’ सरसमान केही लैजान नपाएकाले बढी समस्या भएको उनले बताए।‘नजिक आफन्तहुनेले आफन्तवाट चालम, दाल ल्याएर खाएपनि अधिकाशंले ५, ६ दिन सम्म खाना खान नपाएको उनी बताउछन।‘पाइएको चाउचाउ, चिउरा खाएर नै सवैजना वसें’उनले भने,‘हिजो साँझदेखि चामल र दाल वाडेका छन।’
थप पढ्नुस् https://nagariknews.nagariknetwork.com/social-affairs/296311-1596590283.html?click_from=category
कैलाली । कैलालीमा किसान धान भित्र्याएर हिउँदे बाली लगाउने तयारीमा...