२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

कोरोना परिक्षणका लागि क्वारेन्टिनमा बसेका सबैको स्बाव पठाउन आग्रह

सुदूरपश्चिममा रहेका सवै नागरिकको अनिवार्य पिसिआरका लागि स्वाप संकलन गरी प्रयोगशालामा पठाउन स्वास्थ्य निर्देशनालयले स्थानीय तहलाई आग्रह गरेको छ ।

स्वास्थ्य निर्देशनालय राजपुर डोटीले प्रदेशका ९ वटै जिल्लाका ८८ वटै स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिनमा बस्दै आएका नागरिकको नमूना संकलन गरी धनगढी प्रयोगशाला तथा डडेलधुरामा पठाउन आग्रह गर्दै पत्र पठाएको हो ।

निर्देशनालयले आइतबार पत्राचार गर्दै प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई क्वारेन्टिनमा बसीरहेका तथा अवधी पुगेका सबैको स्वाब संकलन गरी धनगढी र डडेल्धुरा प्रयोगशालामा पठाउन अनुरोध गरेको हो । प्रदेशका क्वारेन्टिनमा बसीरहेका व्यक्तिहरुको संख्या दिन प्रतिदिन घट्दै गइरहेको भन्दै नेपाल सरकारको कोरोना परीक्षण गाइडलाइन अनुसार नमूना पठाउन अनुरोध गरिएको पत्रमा उल्लेख छ ।

संक्रमित क्षेत्रबाट फर्केका तथा संक्रमितको सम्पर्कमा आएको ५ देखि १० दिनभित्र पिसीआर जाँचका लागि उपयुक्त हुने भन्दै तुरुन्त सम्पूर्णको नमूना पठाउन भनीएको स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए । हाल सुदूरपश्चिममा ४ हजार बढी नागरिक क्वारेन्टिनमा बस्दै आएका छन् ।

प्रदेशका विभिन्न क्वारेन्टिनबाट संकलन गरिएका स्वाव मध्य ९ सय बढीको स्वावको नमूना परिक्षण हुन बाँकी छ ।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७७ असार २८

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP