२०८१ आश्विन ४, शुक्रबार
September 20, 2024, Friday

कोरोना रोकथामका लागि बझाङमा यस्तो छ पुर्वतयारी

ललित सिहं

बझाङ- बझाङका सबै स्थानीय तहले कोरोना भाइरसबाट बच्नका लागि पुर्वतयारी थालेको छ । जिल्लाका सम्पुर्ण स्थानीय तहले आफ्नो गाउँमा माक्स र साबुन वितरण गर्नका साथै प्रत्येक घरमा पुगेर स्वास्थ्य कर्मीहरूद्वारा कोरोनाबारे जनचेतना अभिवृद्धीको कार्यलाई तिव्रता दिएका छन ।

जिल्लाको छिमेकी जिल्ला संग सिमा जोडियको केदारस्यु गाउँपालिकामा उपाध्यक्ष निशा धामीको नेतृत्वमा ३ वटा हेल्थ डेस्क र बिभिन्न सार्वजनिक स्थलमा साधुन र पानीको हातधुने ब्यवस्था मिलाएको छ । स्थानीय हरूलाई जनचेतना जगाउँदै माक्स बितरण गरेको उपाध्यक्ष धामीले बताइन् ।
जिल्लाको सुर्मा गाउँपालिकाले एक स्थानमा हेल्थ डेक्स स्थापनागरीएको छ । स्वास्थ्यकर्मीहरूलाई प्रत्येक घरमा खटाएर कोरोना बारे सचेतना फैलाउने काम तिव्ररूपमा भइरहेको गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताए ।

त्यस्तै तल्कोट गाउँपालिकाले दुई स्थान सुनिकोट र मेलविसौनामा हेल्थ डेस्क स्थापना गरेको छ । गाउँपालिका भित्र रहेका चार स्वास्थ्य चौकीमा थप दुई ,दुई वटा बेड राख्ने निर्णय गरेको निमित्त प्रमूख प्रशासकिय अधिकृत शिद्धराज भण्डारीले जानकारी दिए ।


यता मष्टा गाउँपालिकामा भने तिन स्थानमा हेल्थ डेस्कको स्थापना गरिएको छ । सबै वडाहरूमा माक्स र साबुन वितरण गर्ने निर्णय समेत गाउँपालिकाले गरेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका र बुगल नगरपालिकाले समेत कोरोनाबारे पुर्वतयारी अपनाएको छ । जिल्लाका १२ वटै स्थानीय तहबाट सार्वजनिक स्थलहरूमा साबुनपानी सहितको हातधुने व्यवस्था गरिने भएको छ ।


छविसपाथिभरा गाउँपालिकाले भाँडेबजारमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको छ । बजारमा माक्स अभाव भएकाले गाउँपालिका आफैले माक्स उत्पादन गर्दै प्रत्येलाई मास्क र साबुन वितरण गर्ने गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामीले बताए ।
यस्तै खप्तड छान्ना गाउँपालिकाले समेत बाजुराको सिमाना गडराय र तमैल बजार नजीकै दुई स्थानमा हेल्थ डेस्कको स्थापना गरेको छ । थलारा गाउँपालिकाले गाउँपालिकाका ६ वटा नाकाहरूमा हेल्थ डेस्क स्थापना गर्नु कासाथै क्वारेन्टाइनका लागि थलारा माविको विद्यालयभवनमा २ वटा बेडसहितको व्यावस्था मिलाएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए ।
जिल्लाभरी झण्डै २७ स्थानमा हेल्थ डेस्कहरू स्थापना गरिएका छन्

Related News

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
  • २०७६ चैत्र ११

कैलाली । धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही...

TOP