२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

सुदूरपश्चिमका जगतले जिते अन्तराष्ट्रिय कराँते प्रतियोगितामा रजत पदक

सुदूरपश्चिमका जगत धानुकले अन्तराष्ट्रिय कराँते प्रतियोगितमा रजत पदक जितेका छन् । फिलिपिन्समा भएको अन्तराष्ट्रिय अनलाईन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै धानुकले रजत पदक प्राप्त गरेका हुन् । अक्टोबर ३० देखि नोभेम्बर १ गतेसम्म आयोजना गरिएको ७ औं नाशिमुरा कप अनलाई  कराँते च्याम्पीयनसिपमा उनले रजत पदक प्राप्त गरेका हुन् । १८ देखि २५ बर्षको उमेर समुहमा उनले रजत पाउँदा नेपालकै सुभाष घटनले स्वर्ण जितेका छन् । यो प्रतियोगितामा पदक पाउने उनी सुदूरपश्चिमका एक्ला खेलाडी हुन् । 

कराँते फिलिपिन्स लिगले आयोजना गरेको अनलाइन कराते च्याम्पीयनसीपमा नेपालले १६ स्वर्ण, १२ रजत र ७ कास्य पदक जितेको छ । नेपालका लागि रविन्द्र मानन्धर, सुभाष घटन, सुवास कार्की, मनीष कार्की, सत्कर घर्ती मागर, अनुभा मंग्रान्ती, सुबिता गौतम, गरिमा मगर, रोशमा राई, रिना श्रेष्ठ र सन्जु धेशरले स्वर्ण पदक जितेको कराँतेका अन्तर्राष्ट्रिय प्रशिक्षक र अन्तर्राष्ट्रिय निर्णायक  रवी शाहीले जानकारी दिए । उनका अनुसार जगत सिहं धनुक, सोनीम मानन्धर, न्यान्सी छेत्री, न्हुजः मान शाक्य, रुद्राक्ष देवकोटा र नीता आचार्यले रजत पदक जितेका छन् । जुलियाना मोक्तान, डिप्सन सापकोटा, हेरेन्जेन लामा, आरव देवकोटाले कास्य पदक जितेका छन् । प्रशिक्षक शाहीकी पहलमा जगतले सो प्रतियोगितामा सहभागीता जनाउन पाएका हुन् । 

अनलाईन च्याम्पियनसीपमा विभिन्न १६ देशहरु र दुई सय ३२ वटा एथलेटिकलहरुले भाग लिएका थिए । प्रतियोगितामा नेपाल, फिलिपिन्स, इरान, स्वीडेन, जापान, क्यानाडा, चिली, इटली,  मकायु, यूएई, ईजिप्ट, संयुक्त राज्य अमेरिका, इन्डोनेसिया, सिंगापुर, र हंगकंगका एथलेटिकलहरुले भाग लिएका थिए । एक महिना अघि मात्रै उनले अन्तर्राष्ट्रिय इकाता तेन्सिकाँन कराँते च्यम्पियनसिपमा रजत पदक जितेका थिए । तेन्सिकान सोतोकान कराँते संघ भारतको आयोजनामा भएको च्याम्पियनसिपमा धानुकले रजत पदक जितेका थिए । 

Related News

प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरूवात
प्रधानमन्त्री कपमा सुदूरपश्चिमको विजयी सुरूवात
  • २०७७ कार्तिक १७

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात...

TOP