२०७८ श्रावण १७, आईतवार
August 1, 2021, Sunday

मुम्बईसँग हार्यो विराटको बैंग्लोर : मुम्बई इन्डियन्स आईपीएलको प्लेअफमा

काठमाडौं– रोयल च्यालेन्सर्ज बैंगलोरलाई हराउँदै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ।

बुधबार राति सम्पन्न खेलमा मुम्बर्ईले बैंगलोरलाई पाँच विकेटले हराएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको बैंगलोरले पूरा ओभर खेल्दै ६ विकेटको क्षतिमा १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा आएको मुम्बईले १९.१ ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६६ रन बनाउँदै जित हात पारेको थियो।

पहिले ब्याटिङमा आएको बैंगलोरका देवदत्त पडिक्कलले ७४ रनको योगदान दिए। उनीसँगै ओपनिङमा आएका जोस फिलिपले ३३ रन बनाउँदै ७१ रनको साझेदारी गरे।

त्यसपछि मैदान प्रवेश गरेका कप्तान विराट कोहली ९ रनमै मैदानबाट बाहिरिए भने एबी डिबिलियर्स पनि १५ रनमै आउट भए। गुरकिरत सिंहले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्।

यता फिल्डिङ सम्हालेको मुम्बईका जसप्रित बुमराहले कोहलीलाई आउट गराउँदै आईपीएलमा सय विकेटको यात्रा पूरा गरेका छन्। उनले आजको खेलमा तीन विकेट लिए।

एक विकेट लिनेमा ट्रेन्ट बोल्ट, राहुल चहर र किरोन पोलार्ड रहे।

मुम्बईको जितका लागि सूर्यकुमार यादवले सर्वाधिक ७९ रन बनाउँदै अविजित रहे। साथै क्विन्टन डिककले १८ रन बनाए भने इशान किसले २५ रनको योगदान दिए।

बैंगलोरका मोहम्मद शिरज र युजवेन्द्र्र चहलले समान २–२ विकेट लिए। जितसहित मुम्बईले प्लेअफमा पाइला राखेको छ।

अंकतालिकामा १६ अंकका साथ मुम्बई शीर्षस्थानमा छ भने बैंगलोर १४ अंकका साथ दोस्रो स्थानमा छ।

Related News

प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
  • २०७७ कार्तिक १३

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओली समूहका केही सांसदले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
  • २०७७ कार्तिक १३

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत...

प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
  • २०७७ कार्तिक १३

काठमाडौं– जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत...

TOP