एजेन्सी । विश्वभर फैलिएको कोरोना भाइरसका कारण १३औं संस्करणको आईपीएल स्थगित भएको छ ।
यसअघि २९ मार्चबाट सुरु हुने भनिए पनि कोरोनाकै कारण अप्रिल १५ सम्मका लागि स्थगित भएको हो । तर, १५ अप्रिलपछि पनि आईपीएल हुने वा नहुनेमा निश्चित छैन । आईपीएल इतिहासमा खेलाडी, खेल र क्रिकेटसँग सम्बन्धित धेरै किस्सा भएका छन् । खासगरी टी–ट्वान्टी क्रिकेटलाई ब्याट्सम्यानको खेल मानिन्छ । तर, जब बलर ब्याट्सम्यनलाई एक–एक रनका लागि तड्पाउँछ, त्यतिबेला खेलको नतिजा नै बेग्लै हुन्छ ।
त्यसैले यस रिपोर्टमा आईपीएल इतिहासका पाँच बलरको चर्चा गर्दै छांै । जसले आईपीएल इतिहासकै सर्वाधिक मेडन ओभर फाल्ने रेकर्ड आफ्नो नाममा राखेका छन् ।
प्रवीण कुमार
रोयल च्यालेन्जर बेङ्लोरबाट आईपीएलमा डेब्यू गरेका प्रवीण कुमार आईपीएलको इतिहासमा सर्वाधिक मेडिन ओभर फाल्ने पहिलो खेलाडी हुन् । उनले २०१० को आईपीएलमा राजस्थान रोयल्सविरुद्ध ह्याट्रिक विकेट लिएका थिए ।
२०११ को आईपीएलमा प्रवीणले किंग्स इलेभेन पन्जाबबाट खेलेका थिए । उनले हालसम्म आईपीएलका ११९ खेलमा ४२० ओभर बलिङ गर्दा १४ ओभर मेडन फालेका छन् । २००७ मा भारतीय राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका प्रवीणले सन् २०१८ मा ३२ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट संन्यास लिएका थिए ।
इरफान पठान
किंग्स इलेभेन पन्जाबबाट आइपीएल सुरु गरेका इरफान पठान सर्वाधिक मेडिन ओभर बलिङ गर्ने दोस्रो खेलाडी हुन् । उनले आईपीएलका १०३ खेलमा ३४० ओभर बलिङ गर्दा १० ओभर मेडन फालेका छन् । इरफानले पन्जाबसँगै दिल्ली डेयरडभिल्स, सनराइजर्स हैदरावाद र चेन्नाई सुपरकिंग्सबाट आईपीएल खेलिसकेका छन् ।
उनले १९ वर्षको उमेरमा भारतीय क्रिकेट टिममा डेब्यु गरेका थिए । सन् २००७ को टी–ट्वान्टी विश्वकप विजेता टोलीको सदस्य रहेका इरफानले जनवरी २०२० मा राष्ट्रिय क्रिकेटबाट बिदा लिएका थिए ।
धवल कुलकर्णी
टिम इन्डियाका लागि १२ एकदिवसीय र दुई टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका धवल कुलकर्णी आईपीएलमा सर्वाधिक मेडन ओभर बलिङ गर्ने खेलाडीको तेस्रो स्थानमा छन् ।
मुम्बई इन्डियन्सबाट आईपीएलमा डेब्यू गरेका उनले गुजरात लायन्स र राजस्थान रोयल्सबाट खेलेका थिए । उनले आफ्नो आईपीएल करियरमा कुल ९० खेल खेल्दा २९० ओभर बलिङ गर्दै ८ ओभर मेडन फालेका छन् ।
लथिस मलिङ्गा
खतरनाक बलरमध्येका एक हुन् लथिस मलिङ्गा । उनी १७० विकेट लिँदै आईपीएलमा सर्वाधिक विकेट लिने खेलाडीसमेत हुन् । मुम्बई इन्डियन्सलाई चारपटक च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका तीव्र गतिका बलर मलिङ्गाले पछिल्लो सिजनमा समेत उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनले पछिल्लो सिजनको आईपीएलका १२ खेलमा १६ विकेट लिए । उनले आईपीएलमा ४७१ ओभर बलिङ गर्दै ८ ओभर मेडन फालेका छन् ।
सन्दीप शर्मा
सन् १९९३ मा जन्मियका सन्दीप शर्माले २०१३ बाट आईपीएल खेल्न सुरु गरेका थिए । २०१७ सम्म लगातार किंग्स इलेभेन पन्जाबबाट खेल्दै आएका सन्दीपले ७९ खेल खेलेका छन् ।
उनले २९० ओभर बलिङ गर्दा ७.८१ को इसोनोमीमा ९५ विकेट लिएका छन् । सन् २०१२ मा यू–१९ विश्वकप टोलीबाट चिनिएका उनले पछिल्लो सिजन सनराइजर्स हैदराबादबाट खेलेका थिए । सन्दीपले पछिल्लो सिजनका ११ खेलमा १२ विकेट लिएका थिए । उनले हालसम्म आईपीएलमा ८ ओभर मेडन फालेका छन् ।
दिपायल – डोटी जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड...