२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा दिल्लीले किंग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

सुपर ओभरमा पञ्जाबले दिएको तीन रनको लक्ष्य दिल्लीले मात्र दुई बल खेल्दै पूरा गर्यो । सुपर ओभरमा पञ्जाबका लागि कप्तान केएल राहुलले दुई रन जोडेका थिए । उनले कागिसो राबाडाको पहिलो बलमा दुई रन जोडेका हुन् ।

राहुल दोस्रो बलमा क्याच आउट हुँदै पेभिलिय फर्किएपछि तेस्रो बलमा निकोलस पुरान बोल्ड भएका थिए । निकोलस बोल्ड भएपछि दिल्लीले तीन रनको लक्ष्य पाएको थियो ।

पञ्जाबका लागि बलिङ गर्न आएका मोहम्मद शामीले पहिलो बल डट फालेका थिए । दोस्रो बल वाइड फाल्दा तेस्रो बलमा रिषभ पन्तले दुई रन जोड्दै लक्ष्य पूरा गरे ।

यसअघि दिल्लीले दिएको एक ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ५७ रन बनाएपछि सक्दा खेल सुपर ओभरमा पुगेको थियो ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ आश्विन ५

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP