२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

राष्ट्रिय फुटबल टोलीको गोलकिपिङ प्रशिक्षकमा मल्ल

अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल कमिटीले मंगलबार पूर्व राष्ट्रिय गोलरक्षक विकास मल्ललाई राष्ट्रिय फुटबल टोलीको गोलकिपिङ प्रशिक्षकमा नियुक्त गरेको छ। 

त्रिभुवन आर्मी क्लबका पूर्व कप्तान तथा गोलरक्षक विकासले राष्ट्रिय टोलीबाट सन् २००५ देखि २०१३ सम्म खेलेका थिए। 

उनले एएफसी लेभल वान गोलकिपिङ कोचिङ सर्टिफिकेट, एएफसी सी कोचिङ लाइसेन्स सर्टिफिकेट र फिफा एमए सर्टिफिकेट प्राप्त गरेका छन्।

विकासले जापानी हिरो मित्सुमारुको स्थान लिने छन्। जाइकाबाट भोलिन्टर गोलकिपिङ प्रशिक्षकमा रहेका मित्सुमारुको समयावधि सकिएको छ। 

राष्ट्रिय टिमको भदौ १ देखि हुने प्रशिक्षणका लागि खेलाडीहरुलाई एन्फाले बोलाएको छ। गोलरक्षक विकासले त्यही टिमलाई हेर्नेछन्।
नेपालले फिफा विश्वकप÷एसियन कप २०२३ को प्रारम्भिक छनोटको दोस्रो चरणको खेल गइरहेको छ।

नेपालले आफ्नै भूमिमा चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग अक्टोबर ८, १३ र नोभेम्बर १२ मा खेल्नेछ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ श्रावण २०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP