कास्की । नेपाल ओलम्पिक कमिटी (एनओसी) को पोखरामा सम्पन्न बोर्ड बैठकले पूर्व अध्यक्षहरु रुक्म शम्सेर राणा र ध्रुवबहादुर प्रधानलाई मानार्थ अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको छ ।
योसँगै राणा नेतृवको पुरानो ओलम्पिक कमिटिसँगको विवाद समाधान भएको बताइएको छ । विगत १२ वर्षदेखि नेपालमा दुई वटा ओलम्पिक कमिटि अस्तित्वमा देखिएका थिए ।
प्रतिनिधि सभाका सांसद जीवनराम श्रेष्ठले नेतृत्व गरेको ओलम्पिक कमिटिलाई अन्तराष्ट्रिय मान्यता प्राप्त थियो ।
राणा नेतृत्वको पुरानो कमिटिले सर्वोच्च अदालतको फैसलालाई आधार मान्दै आफ्नो अस्तित्व दाबी गरिरहेको थियो ।
ओलम्पिक बैठकले विभिन्न ११ बुँदे निर्णय गरेको छ । विभिन्न सातवटा प्रदेश कमिटिको लागि संयोजक तोकिएको छ । राष्ट्रिय प्रतियोगिता र च्याम्पियनसिपका लागि पिताम्बर तिम्सिनालाई संयोजक तोकिएको छ ।
अन्तराष्ट्रिय प्रतियोगिताको लागि निलेन्द्रराज श्रेष्ठलाई संयोजक तोकिएको छ ।
एनओसीको कार्यक्रमका लागि अशोक रत्न बज्राचार्यलाई संयोजक तोकिएको छ भने तेज बहादुर गुरुङलाई एनआरएनए संयोजक तोकिएको छ ।
राष्ट्रिय संघको संयोजन गर्ने जिम्मेवारी चतुरानन्दा वैद्यलाई दिइएको छ ।
दिपायल- शिखर नगरपालिकाकी उपप्रमुख सुनिता रावल जोराले शिखर सरकार नगरको...