२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

युरोकप: स्विडेनकाे पहिलाे जित

काठमाडौं- स्विडेनले १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित हासिल गरेको छ । समूह चरणको दोस्रो खेलमा शुक्रबार स्लोभाकियालाई १–० गोल अन्तरले पराजित गर्दै स्विडेनले पहिलो जित निकालेको हो ।

रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७ औं मिनेटमा फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका हुन् । स्लोभाकियाका गोलकिपर मार्टिनले रोबिनलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि स्विडेनले पेनाल्टी पाएको थियो । जसमा फोर्सबर्गले सहजै गोल गरे ।

यस जितसँगै समूह ’ई’ मा रहेको स्विडेनले २ खेलमा ४ अंक जोडेको छ । स्विडेनले नकआउट चरणमा पुग्ने सम्भावना बलियो समेत बनाएको छ ।

Related News

TOP