२०७८ बैशाख ४, शनिबार
April 17, 2021, Saturday

आत्मरक्षाको लागि संसद् विघटन : सभापति देउवा

नेपाली कांग्रेस डोटीका सभापती प्रदीपकुमार देउवाले दुईतिहाईको जनमतमा काम गर्न नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै ठुला कुरा नसुहाउने बताएका छन् ।
नेपाली कांग्रेसले देशभरका प्रदेश निर्वाचन क्षेत्रहरूमा शनिवार गरेको देशब्यापी प्रदर्शन अन्तर्गत डोटी प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्रमा गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘जनतामा असीमित सपना बाँडेर चुनाव जित्नु भो । समृद्ध नेपाल सुखी नेपालीको सपना खै कता पुग्यो,’ प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै सभापती देउवाले भने,’बच्न दुई तिहाई मतले काम गर्न दिएन रे ! अनि कति मत चाहिन्छ प्रधानमन्त्री ज्यू ?’ सरकारको निर्लज्जता र असफलता छोप्न प्रधानमन्त्रीले यस्तो बहानाबाजी गरेको उनले आरोप लगाए । ‘सरकार पुरै गन्हाउन थालेपछि आत्मरक्षाको कुनै उपाय नदेखेपछि ओलीले संसद बिगठन गरेका हुन् । तब काम गर्न नपाएको बहानाबाजी गरेका हुन,’ उनले थपे ।
नेपालको भाग्य र भविष्य एउटै कांग्रेस मात्रै रहेको सभापती देउवाले दावी गरे । ‘हिजो कांग्रेसका दिन गए भन्ने ओली-प्रचण्डहरू आज कांग्रेससंग गुहार मागेर अनुनय गरिरहेका छन । आखिर कसका दिन गएका रहेछन त ?’ उनले भने,’ईतिहासले सबैको हिसाबकिताब गरेको छ ।’
संसद विगठन असंबैधानिक रहेको बताउदै चुनाव लड्न पनि कांग्रेस तयार रहेको उनले बताए । उनले भने,’असंवैधानिक कदमकाविरूद्ध कांग्रेस जनताबीचमा पुगेको छ । देशको निकासका लागि कांग्रेस जस्तोसुकै बलिदानी दिन तयार छ ।’
भ्रष्टाचार, अनियमितता, दण्डहिनता, सर्वसत्तावाद लगायतका हज्जारौँ काण्डहरूमा सरकार चुर्लुम्म डुबेको बताउदै देउवाले यसका विरूद्ध जनतालाई पनि जुट्न आह्वान गरे ।
कार्यक्रममा नेताहरू कृष्णबहादुर चन्द, लोकेन्द्र बहादुर शाही, मीना विष्ट, लालबहादुर बिक, दीपक बिष्ट, नारायण जोशी, सीताराम जोशी, नारायण बलायर लगायतले मन्तव्य राखेका थिए ।

Related News

डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन : संयोजकमा बलायर
  • २०७७ पुष २६

कैलाली- डेउडा प्रतिष्ठानको सल्लाहकार समिति चयन गरिएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशको लोक संस्कृती, डेउडाको संरक्षण एबं सम्बद्र्धन गर्न...

नेपालमा फैलियो डबल म्युटेन्ट र  यूके भेरियन्ट कोरोना
नेपालमा फैलियो डबल म्युटेन्ट र यूके भेरियन्ट कोरोना
  • २०७७ पुष २६

काठमाडौं- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (यूके भेरियन्ट) फैलिएको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार...

केआइसिंहमा शुभकामना आदान प्रदान
केआइसिंहमा शुभकामना आदान प्रदान
  • २०७७ पुष २६

डोटी- केआइसिंह गाउँपालिकामा नयाँ वर्ष २०७८ एवं बिसौं पर्वको शुभकामना आदान प्रदान गरिएको छ । नेपाली कांग्रेस केआइसिंह गाउँपालिका वडा...

TOP