२०८१ बैशाख २५, मंगलवार
May 7, 2024, Tuesday

सुदूरपश्चिम सरकारले मन्त्रिपरिषद् विस्तार गर्न सकेन

कैलाली- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका दीर्घ सोडारीले एक साता बित्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका सोडारीले हालसम्म नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई मात्रै मन्त्री बनाएका छन् । चौधरी भौतिक पूर्वाधार विकास मन्त्री हुन् । ७ मन्त्रालय रहेको सुदूरपश्चिम सरकारमा बाँकी मन्त्री नियुक्त हुन सकेका छैनन् ।

सत्ता साझेदार ठुलो दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता अक्कल रावलले नेकपा एमालेका कारण तत्काल सरकार विस्तार गर्न नसकिएको बताए ।

हालसम्म कार्यविभाजन कसरी गर्ने भन्नेबारे संवादसमेत हुन नसकेको उनको भनाइ थियो ।

एमालेले मुख्यमन्त्रीमा सोडारीको नियुक्तिमा समेत असन्तुष्टि जनाएको थियो । नियुक्तिपछि एमालेले मुख्यमन्त्री सोडारीलाई समर्थन गरे पनि तत्काल सरकारमा नजाने निर्णय एमालेले गरेको छ । एमालेको यो निर्णयसँगै प्रदेश सरकारका विषयमा थप अन्योल देखिएको छ ।

Related News

बसको ठक्करबाट पूर्व वडाध्यक्षको मृत्यु भएपछि भिमदत्त राजमार्ग अवरुद्ध
बसको ठक्करबाट पूर्व वडाध्यक्षको मृत्यु भएपछि भिमदत्त राजमार्ग अवरुद्ध
  • २०८१ बैशाख १४

दिपायल – भिमदत्त पन्त राजमार्ग अन्तर्गत गैरा सडक खण्ड अवरुद्ध...

TOP