२०८० चैत्र ६, मंगलवार
March 19, 2024, Tuesday

हाम्रोबारे

राष्ट्रको सर्वाङ्गिण विकास एवं सामाजिक न्याय, समानतामा आधारित, समावेशी र लोकतान्त्रिक सुशासनयुक्त भ्रष्टचारमूक्त समाजको निर्माण गर्ने लक्ष्य बोकेर सामाजिक विकास अभियानलाई संस्थागत, सशक्त र दीगो बनाउन, आमसञ्चार क्षेत्रलाई बलियो पार्दै बलियो र दीगो लोकतन्त्र स्थापित गर्न योगदान पुर्‍याउनका लागि नेपाल सरकारको नीति नियमको पालना गर्दै उद्देश्यमुलक ढंगले हिमिका मिडिया प्रा.लि.को स्थापना गरिएको हो । यस प्रा.लि.ले आमसञ्चार, सूचनाको हक तथा राष्ट्रिय र सामाजिक हितका लागी विभिन्न कार्यहरु गर्ने बहुउद्देश्य लिएको छ । यो प्रा.लि.ले मिडियाका क्षेत्रमा मात्र नभै राष्ट्रिय, अन्तराष्ट्रिय सामाजिक संघ संस्था, सरकारी गैर सरकारी संघ संस्था संगको सहकार्य समन्वय र साझेदारीमा अन्य सामाजिक क्षेत्रमा समेत काम गर्ने लक्ष लिएको छ ।

प्रा.लि. स्थापनाको पहिलो बर्षमा हामिले शिखर समाचार डटकम (डिजिटल समाचार पोर्टल) र शिखर समाचार अनलाईन टिभिको सुरुवात गरेकाछौं । राज्यको मुलधारबाट पछाडी परेको सुदूरपश्चिम प्रदेशको समृद्धिका लागी हामी निरन्तर कटिबद्ध रहनेछौं । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन, मानव अधिकार प्रेस स्वतन्त्रताका पक्षमा सधैं उभिने छौँ । राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भाव संवद्र्धनप्रति हामी समर्पित छौं । नेपालको संविधानका मुलमर्मका पक्षमा रहेर सुशासनयुक्त समाजको निर्माण गर्दै, सार्वजनिक निकायहरुलाई जवाफदेही, पारदर्शी र उत्तरदायी बनाउदै भ्रष्टचारमूक्त समाज बनाउने अभियानमा शिखर समाचार निरन्तर लागिरहनेछ ।

शिखर समाचार डटकम सुचना, समाचार, विज्ञापन, खोजमूलक रिपोर्ट, शिक्षा, स्वास्थ्य, राजनीति, सामाजिक, आर्थिक, विज्ञानप्रविधि, वन वातावरण, साँस्कृतिक गतिविधि, जीवनशैली, पर्यटन, खेलकूद, मनोरञ्जन, साहित्यसँग सम्बन्धित सामग्रीहरु, लेख रचना, विचार लगायतका बिषयमा केन्द्रित रहने छ । त्यसैगरी, सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुका गतिबिधिलाई बिशेष प्राथमिकतामा राख्नेछ । यस पोर्टलमा राष्ट्रिय तथा विश्वभर छरिएर रहेको नेपाली ‘डायोस्परा’का हालखबर र अन्तराष्ट्रिय समाचार पनि पढ्न पाइने छ ।

हिमिका मिडिया प्रा.लि.ले डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्यको माध्यमबाट वर्तमानको अभिलेख राख्छ । यस प्रा.लि.ले संघीय स्वरुप अनुरुपको सुदूरपश्चिम प्रदेश केन्द्रित मिडिया हाउस सञ्चालन गरिरहेको छ । यसबाहेक हामीले नेपालका सबै प्रदेशको समाचार सूचनाहरुलाई पनि प्राथमिकताका साथ प्रकाशन प्रसारण गर्नेछौं ।

TOP