२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

नेपालमा इन्टरनेट सेवा अवरूद्ध हुने ‘आइस्पान’को चेतावनी

दिपायल- नेपाल इन्टरनेट सेवा प्रदायक संस्था (आइस्पान) ले नोपलमा इन्टरनेट अवरूद्ध हुने चेतावनी दिएको छ । सरकारले विदेशी मुद्रा सटही नगरिदिदाँ इन्टरनेट सेवा अवरूद्ध हुन लागेको आइस्पानले बताएको छ ।

विदेशी मुद्रा सटही नहुँदा ब्यान्डविथको रकम तिर्न नसकिएको जनाउँदै आइस्पानले नेपालमा इन्टरनेट सेवा अवरूद्ध हुने जनाएको हो । बिहीबार काठडमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारलाई विदेशी मुद्रा सटही गरिदिन आग्रह गरेको आइस्पानले सेवा अवरूद्ध हुन लागेको जनाएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट प्रदायक संस्थाहरूले मर्मतसम्भार शीर्षक अन्तर्गतको वक्यौता नतिरेको भन्दै विगत नौ महिनादेखि विदेशी मुद्रा सटही सिफारिसमा रोक लगाएको छ ।
मर्मतसम्भार शीर्षकअन्तर्गतको बेरूजु वक्यौता असुलउपर गर्ने विषयमा वर्षौंदेखि इन्टरनेट सेवा प्रदायकहरू र नियामक नेपाल दूरसञ्चार प्राधिकरणबीच विवाद हुँदै आएको छ । सेवा प्रदायकहरूले मर्मतसम्भार गैरदूरसञ्चार सेवा भएको दाबी गर्दै आएका छन् । यसबारे कुनै बेरूजू नरहेको अडान उनीहरूको छ ।

ग्राहकबाट लिइएको शुल्कको सम्बन्धमा सो शुल्कको ग्रामीण दूरसञ्चार कोष आरटिडिएफ तथा रोयल्टी इन्टरनेट सेवा प्रदायकले नियम बमोजिम नेपाल सरकारलाई तिरिरहेको उनीहरूको भनाइ छ । आइस्पानले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘मुद्रा सटही सिफारिस नपाउँदा अपस्ट्रिम प्रोभाइडरहरूलाई ब्यान्डविथको रकम भुक्तानी गर्न सकिएको छैन, यसै साता इन्टरनेट सेवा अवरूद्ध हुने पत्र आइसक्यो । सरकारले तुरून्तै विदेशी मुद्रा सटही सिफारिस गर्नुपर्छ ।’

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८१ बैशाख १४

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP