२०८१ असार ३०, आईतवार
July 14, 2024, Sunday

एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश

काठमाडौं- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनलाई थुनामा नै पठाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको संयुक्त ईजलासले उच्च अदालत पाटनको फैसला सदर गर्दै रायमाझीसहित सात जनालाई थुनामै पठाउन आदेश दिएको हो ।

थुनामा पठाइएकाहरुमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्रीका सल्लाहकार ईन्द्रजित राइ, केशव दूलाल, सन्देश शर्मा, सागर राई र सानू भण्डारी रहेका छन् ।

तर आङटावा शेर्पा र गोविन्द कुमार चौधरीको हकमा भने सर्वोच्चले उच्चको फैसला बदर गर्दै उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको छ । आङटावा शेर्पासंग तीस लाख र गोविन्दकुमार चौधरीसँग दश लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

यस्तै हज कमीटीका अध्यक्ष शमशेर मियाँलाई साधारण तारेखमा छाड्न पनि सर्वोच्चले आदेश दिएको छ । गत मंसिर १५ गते उच्च अदातलत पाटनले जिल्ला अदालत काठमाडौंको फैसला सदर गर्दै उनीहरु दश जनालाई थुनामा पठाउने आदेश गरेको थियो । उच्च अदालतको फैसलाविरुद्ध उनीहरु गत फागुन ८ गते सर्वोच्च गएका थिए ।

Related News

सिमलताल पहिरो: तीन वटै शवको पहिचान
  • २०८१ बैशाख १३

चितवन– नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ...

TOP