२०८० आश्विन ८, सोमबार
September 25, 2023, Monday

संक्रमण समुदायमा पुग्ने जोखिम

कैलालीको– कैलारी गाउँपालिका–१, स्थित दीपेन्द्र माविको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका तीन जनामा कोरोना संक्रमण देखिएको छ । क्वारेन्टाइनको ल्याबमा काम गर्ने एक स्वास्थ्यकर्मी, खाना पकाउने भान्से र चौकीदारमा समेत कोरोना संक्रमण पुष्टि भएको हो । क्वारेन्टाइनको आइसोलेसनमा राखिएका संक्रमित भने निको भएर घर फर्किसकेका छन् । त्यहाँ कार्यरत कर्मचारी परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितलाई दीपेन्द्र माविकै आइसोलेसनमा राखिएको छ । उक्त क्वारेन्टाइनमा बसेका संक्रमितहरु भारतबाट फर्केकाहरु हुन् । भारतबाट फर्केकाबाट यहाँका व्यक्तिमा कोरोना संक्रमण सरेको यो एउटा उदाहरण हो । पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमण तीव्र बनेको छ । संक्रमित सबै भारतलगायत विदेशबाट फर्केकाहरु मात्रै छैनन्, यात्रा नगरेका व्यक्तिमा समेत कोरोना देखिन थालेको हो । यसले कोरोना संक्रमण समुदाय स्तरमा फैलन थालेको संकेत देखाएको छ ।

पुरा पढ्नुस् : https://paschimtoday.com/news-details/20756/2020-08-05

Related News

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
सेती अस्पताल जलमग्न, बिरामीको बिजोग
  • २०७७ श्रावण २१

धनगढी – सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल पुरानो...

TOP