२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

ठगीमा संलग्न भएको आरोपमा नेकपा नेता रोकाया सहित दुईजना पक्राउ

आफू बैंकको कर्मचारी रहेको र कमिशन दिए ऋण स्वीकृत गरिदिने भनेर ठगी प्रयास गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

फक्राउ पर्नेमा दार्चुला जिल्लाको लेकम गाउँपालिका १ का ३२ वर्षीय पदम राज भट्ट र डोटी जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ३ घर भई सिलगडीमा डेरा गरी बस्ने ३५ वर्षकी सन्जा कुमारी कठायत रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुलाई डोटी जिल्लाको पिपल्लाबाट पक्राउ गरिएको हो ।

नेपाल बैंक लिमिटेडमा शाखा अधिकृतको रुपमा कार्यरत रहेको भन्दै टीकापुर नगरपालिका वडा नम्बर १ की एक महिलासँग १० लाख रुपैयाँ दिएमा ३ करोड ५० लाख ऋण स्वीकृत गरिदिन्छु भनेर ठगी गरेको प्रहरीले जनाएको छ । ती महिलाले शंका लागेर प्रहरीमा उजुरी गरेपछि प्रहरीले अनुसन्धान गरेर ती दुवै जनालाई पक्राउ गरेको हो ।

धनगढी वडा नम्बर ५ मा घर भएको परिचय दिने भट्टको साथबाट नेपाल बैंक लिमिटेडको नक्कली परिचय पत्र, बिभिन्न बैंक तथा आइएमईका भौचर समेत प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार उनीहरुविरुद्ध ठगी शिर्षकमा मुद्धा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भैरहेको छ ।

भट्टले बैंकको शाखा प्रवन्धकको परिचय दिँदै जागिर लगाइदिने भनेर फेसबुक, फोन मार्फत परिचय गरि ठगी गरेको प्रहरीले जनाएको छ । भट्ट यसअघि पनि अपहरण तथा जबरजस्ती चोरीम मुद्धामा पुर्पक्षका लागि कारागार गएर धरौटीमा छुटेका व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेकी सन्जा कुमारी कठायत रोकाया नेकपाकी नेता हुन् । रोकाया नेकपाबाट सांसदका लागि समानुपातिक उमेदबार हुन् । उनि स्थानिय तहको निर्वाचनमा तत्कालिन नेकपा माओबादीबाट आदर्श गाउँपालिकाको उपाध्यक्षका लागि उमेदबार थिइन् । निर्वाचनमा उनि तत्कालिन एमालेका उमेदबारसँग पराजित भएकी थिइन् । त्यस्तै पक्राउ परेका पदम राज भट्ट भूतवूर्व सशस्त्र प्रहरी रहेको खुलेको छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ असार ३०

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP