२०८२ फाल्गुन २४, आईतवार
March 8, 2026, Sunday

ईन्जिनियर कुट्ने उपभोक्ता समितिका अध्यक्षलाई कारबाही गर्न डोटी काँग्रेसको माग

डोटी- नेपाली काँग्रेस डोटीले गाउँपालिकाको कार्यालयमा इन्जिनियर कुट्ने उपभोक्ता समितिका अध्यक्षलाई कारबाही गर्न माग गरेको छ । काँग्रेसले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै कारबाहीको लागि सम्बन्धित निकायसंग माग गरेको हो ।

जिल्ला सचिव नारायण जोशीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा पूर्वीचौकी गाउँपालिकामा कार्यरत ईन्जिनियर शंकरराज खनालमाथि हातपात गालीगलौच जस्तो अमानवीय दुव्र्यवहार प्रति नेपाली काँग्रेस डोटीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तीमा उक्त घृणित कार्यमा संलग्न रहेको भनिएका खानेपानी उपभोक्ता समितिका अध्यक्ष देव बहादुर खड्काले कानुन हातमा लिएर पेशागत मर्यादामा समेत आँच आउनेगरी दुरुत्साहित गर्ने हेतुले कर्मचारीको मनोवल घटाउने कार्य गरेको घटना सह्य नहुने उल्लेख छ । विज्ञप्तीमा भनिएको छ,‘सो निन्दनीय कार्यको घोर भत्सर्ना गदै आवश्यक कानुनी कारबाहीको लागि सम्बन्धित निकायसंग जोडदार माग गर्दछौं ।’

सरस्वती मावि सानागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष तथा नेकपा डोटीका जिल्ला कार्यसमिति सदस्य देव बहादुर खड्काले बिहीबार योजनाको भुक्तानीको बिषयलाई लिएर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षामा ईन्जिनियर शंकरराज खनालमाथि हातपात गरेका थिए ।

Related News

डोटीका आलेलाई फापेन कैलाली
डोटीका आलेलाई फापेन कैलाली
  • २०७७ श्रावण ९

धनगढी, फागुन २३ गते । पूर्वमन्त्री प्रेम आले प्रतिनिधि सभा...

TOP