२०८३ श्रावण ११, सोमबार
July 27, 2026, Monday

गाउँसभामा कुटाकुट : अध्यक्ष माथि मुक्का प्रहार

राजनीतिमा टीकाटिप्पणी गर्नु, विरोध गर्नु, असहमती जनाउनु सामान्य मानिन्छ । यतिसम्म मात्र होईन नेताहरू गालीवेईज्जत, तोडफोडसम्म उत्रिएका दृश्य नेपालमै कैयौ पटक हामीले देखिसकेका छौ ।

झापाको हल्दिवारी गाउँपालिकाको गाउँसभामा अवस्था त्यतिमा मात्रै सीमित भए- कुटाकुटसम्म नै पुग्यो । गाउँसभाका केही सदस्यहरू आक्रोशित भएर गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्गदेनलाई धमाधम मुक्का प्रहार गर्न समेत भ्याए।

घटना बुधवारको हो । मुक्का प्रहारबाट घाईते भएका अध्यक्षको अहिले भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । घटनामा कुर्सी, टेबल पनि भाँचिएका छन् ।

अध्यक्ष लिङ्गदेलले नेकपाबाट निर्वाचित गाउँसभा सदस्यबाट आक्रमण भएको आरोप लगाए । ‘उनिहरू जहिल्यै अराजक थिए,’ उनले भने,’यसपटक गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रमका अन्तरबस्तुमा सभा सदस्यसँग सुझाव संकलन गर्ने क्रममा विमती सिर्जना भएपछि एकैपटक आक्रमण सुरु गरे ।’

उता नेकपाबाट निर्वाचित वडा नम्बर ३ का अध्यक्ष त्रिलोचन सापकोटा अध्यक्षकै डिजाइनमा गाउँ सभा भाँडिएको दाबी गरे । उनले भने,’उहाँकै डिजाईनमा गाउँसभा भाँडिएको हो । नेकपाबाट निर्वाचित गाउँ सभा सदस्यबाट कुटपिट भएको आरोप औचित्य पुष्टि गर्न पनि चुनौति छ ।’

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७७ असार ११

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP