२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

दल फुटाउने र प्रतिपक्ष निषेधको अध्यादेश

भक्तबहादुर बलायर

१) नेपालमा कालो बादल मडारिन लाग्यो ।
अस्थिरताको दुभाग्यलाई सरकारले डाक्यो ।।

२) अघि भन्थ्यौं अस्थिर भयो स्थिर सरकार चाहियो ।
विकास सुख शान्ति दिन वहुमत पाइयो ।।

३) फेरि आयो अध्यादेश पार्टी फोड्न पाइने ।
सयमा चालिस मात्र पार्टी फोड्न चाहिने ।।

४) केन्दी्रय सदस्य या त सांसद भए जुट्यो ।
सयमा चालिस भए तत्काल पार्टी फुट्यो ।।

५) दुईवटा अध्यादेश ल्यायो तानाशाही आउने ।
सरकारको विरोध गरे त्यसको फल पाउने ।।

६) बहुदलमा प्रतिपक्ष आवश्यक हुन्छ ।
सत्तापक्ष प्रतिपक्ष मिली संसद् बन्छ ।।

७) संवैधानिक परिषद्मा निषेध अन्य दलको ।
सरकार्ले अध्यादेश ल्यायो कपट र छलको ।।

८) के गर्न खोजेको होला बेमौसमको बाजा ।
तानाशाही सरकार ढल्छ होस होलान् ताजा ।।

९) संवैधानिक परिषद् बस्ने बिना प्रतिपक्ष ।
संवैधानिक परिषद्मा आफ्ना भर्ने लक्ष्य ।।

१०) संवैधानिक निकायमा कार्यकर्ता भर्ने ।
नियम कानून मिची मनोमानी गर्ने ।।

११) कोरोनाको देश तथा विश्वभरि त्रास ।
सरकार समाधान ल्याउँछ भन्ने जनता आस ।।

१२) घर्मा भोका विदेश् भोका बोर्डरमा भोका ।
लकडाउन बढेको वढ्यै कहिले खुल्ने ढोका ।।

१३) सबै मिली कोरोनालाई दु¥याउनु पर्ने हो ।
औषधी खाद्यान्न घरमा पु¥याउनु पर्ने हो ।।

१४) राजनेता बन्ने मौका अवसर आएको ।
देशको भविष्य कोर्न सौभाग्य पाएको ।।

१५) के हुन्छ देशमा भोलि रोजगारी विकास ।
नेताले पहिल्यै सोच्नु समस्याको निकास ।।

१६) असल नेता अफ्ठ््यारोमा आफ्नो काँध थाप्छन् ।
कसरी कुम्ल्याउने भनी नकि दाउँ ताक्छन् ।।

१७) मान्छेका घरमा काँही चुलो बल्न छोड्यो ।
बढेन सहयोगी हात कति नाता तोड्यो ।।

१८) सरकारले कस्तो बेला अध्यादेश ल्यायो ।
देशमा चेतनशील सबको विरोध आयो ।।

१९) संविधानको मूलमर्म मान्यता र मूल्य ।
जनतामा गरेका बाचा यति छिटो भुल्ले ।।

२०)लोकतान्त्रिक मान्यताको उल्लंघन भयो ।
सरकार् श्रृंखलाबद्ध अधिनायकतिर गयो ।।

२१) बिपत्तिको यस्तो बेला कस्तो कार्य ग¥यो ।
देशका प्रबुद्ध वर्ग अब सोच्नु प¥यो ।।

२२) संवैधानिक निकाय नै भर्तीकेन्द्र बन्दा ।
कसरी विश्वास मान्ने सुशासन भन्दा ।।

२३) सजिलो प्रावधान राख्ने पार्टी फुटाउनलाई ।
कार्यकर्ता भर्तीकेन्द्र देश लुटाउनलाई ।।

२४) जनताले दिएको भोटको मूल्य चुकाउनु हो ।
जनताका समस्याकष्ट गई फुकाउनु हो ।।

२५) सरकार्ले हिडेको बाटो भ्रष्ट्राचारको खानी ।
सरकार बसेको मौन सबै कुरा जानी ।।

२६) स्वास्थ्यका सामग्री किन्दा कति भ्रष्ट्राचार ।
यस्तो बेला जनता ठग्नु कस्तो दुराचार ।।

२७) जनताको स्वास्थ्यको सामान नक्कली ल्याएर ।
जन्तामा खेलवाड गर्ने कमिसन खाएर ।।

२८) अनैतिक गतिविधि आपराधिक सोच ।
बाहिर आएका हल्ला गर्नु पथ्र्यो खोज ।।

२९) काण्डै काण्ड घट्दै आए गोकर्ण लिजकाण्ड ।
ललितानिवास् वाईडबडी, हत्या, हिंसा काण्ड ।।

३०) सरकार्ले चालेका कदम ल्याएका विधेक ।
अधिनायक् वादको बाटो हिडेको संकेत ।।

३१) अख्तियार अनुसन्धान आफ्नु अधिन राख्यो ।
कति जना तहलाउने सबलाई शंकालाग्यो ।।

३२) मिडिया काउन्सील विधेयक गुठी विधेयक पनि ।
कैयौं विधेयक बिवादित मानवअधिकार अनि ।।

३३) सरकारलाई हाम्रो सुझाव अध्यादेश फिर्ता ।
नेपालीको प्यारो देश नठान है बिर्ता ।।

३४) सरकारकै दलका पनि सबै खुसी छैनन् ।
देश सम्झी इतिहास सम्झी चुप्प बस्ने हैनन् ।।

३५) सबै मिली कोरोनाको कालो बादल फाडौं ।
देश विकास सुख शान्ति सद्भाव बाडौं ।।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ बैशाख ११

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP