२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

दम्पतीले एकअर्कासँग लुकाउनैपर्ने कुरा

श्रीमान र श्रीमतीले हरेक कुरा एकअर्कासँग साझेदारी गर्नुपर्छ । उनीहरू एकअर्कामा खुलस्त र पारदर्शी हुनुपर्छ । आफ्नो मनका लागेको कुरा निर्धक्क भन्नुपर्छ । यसरी उनीहरूबीचको अन्तर्क्रियात्मक सम्बन्धले नै दाम्पत्य जीवनमा प्रेम र भरोसा दिगो राख्छ । हामीलाई यस्तै लाग्छ ।

Young couple arguing

तर मनका सबैकुरा आफ्ना श्रीमान् वा श्रीमतीसँग पोख्नैपर्छ ? सबैकुरा एकअर्कामा साझेदारी गर्नु उचित हुन्छ ?

कतिपय कुरा यस्ता हुन्छन्, जसमा नित्तान्त गोपनीयता अपनाउनुपर्ने हुन्छ। यदि त्यस्ता कुरा एकअर्कासँग साझेदार गर्दा सम्बन्ध बलियो हुने होइन, बरु अरू खराब हुने भय रहन्छ । के हो त त्यस्ता कुरा, जो दम्पतीले एकअर्कासँग लुकाउनैपर्छ ।

आफ्नै परिवारको नराम्रो कुरा

श्रीमान् वा श्रीमतीले आफ्नो परिवारको नकारात्मक कुरा गर्नु उचित हुँदैन । परिवारका सदस्यहरूको गल्ती, कमजोरी औंल्याउने, टिप्पणी गर्ने, परिवारको मान-मर्यादामा आँच आउने कुराहरू गर्ने बानी राम्रो होइन। परिवारभित्रका कुराहरू सकेसम्म गोप्य राख्नुपर्छ । परिवारका सदस्यहरूको गल्ती कमजोरी औँल्याउने र त्यसमाथि नकारात्मक टिप्पणी गर्ने बानीले दाम्पत्य सम्बन्धलाई धरापमा पार्न सक्छ।

अरूको चरित्र हत्या हुने कुरा

श्रीमान् वा श्रीमतीले अर्काको चरित्रलाई लिएर पनि नकारात्मक टिप्पणी गर्नु उचित हुँदैन । चाहे घरका सदस्य होस् वा छिमेकी, साथीभाइ होस् वा कार्यालयका सहकर्मी। उनीहरूको चरित्रलाई लिएर नकारात्मक टिप्पणी गर्नु आफैँमा खराब प्रवृत्ति हो । त्यसैले आफूले अर्काको चरित्रमाथि औँला उठाइरहँदा पार्टनरमा आफूलाई हेर्ने दृष्टिकोण नै खराब बन्न सक्छ ।

त्यसैले अर्काको चरित्र हत्या हुने किसिमको टीकाटिप्पणी गर्नु उचित हुँदैन । परिवारका सदस्य, छिमेकी, साथीभाइको व्यक्तिगत चरित्र कस्तो छ भन्ने कुरा दम्पतीबीच साझेदार गर्नु जरुरी पनि छैन । बरु अरूको चरित्रबारे चर्चा गरेर समय खर्च गर्नुभन्दा आफ्नै घर व्यवहारको कुरा गर्नु उचित हुन्छ ।

अर्कासँग तुलना नगर्ने

श्रीमान् वा श्रीमतीमा एकअर्काप्रति केही अपेक्षा हुन्छन नै । यद्यपि ‘फलानोले जस्तो’ भनेर आफ्ना पार्टनरलाई अरूसँग तुलना गर्नु उचित हुँदैन । मानौं तपाईंले आफ्ना पार्टनरमा कतिपय कमी, कमजोरी औंल्याउनुभएको छ । अरू व्यक्तिसँग तुलना गर्दै उक्त कमी कमजोरीमाथि टिप्पणी गर्दा त्यसले तपाईंहरूमा एकअर्काप्रतिको आशा र भरोसा टुट्न सक्छ।

सबै मान्छे आफैँमा पूर्ण हुँदैनन् । सबैको केही सवल पक्ष हुन्छन्, कमजोरी पनि । आफ्नो पार्टनरमाथि खोट देखाउने कुरा पनि त्यति उचित हुँदैन । यस्ता कुरामा मौन बसेकै राम्रो हो।

अपमानको कुरा

आफूमाथि अपमान भएको कुरा पनि दम्पतीले एकअर्कामा साझेदार गर्न आवश्यक छैन । यस्ता कुराले आफ्ना पार्टनरलाई अरू बढी दुःखी बनाउन सक्छ । हीनताबोध पैदा गर्न सक्छ । त्यसैले आफूमाथि कुनै अपमान भएमा त्यसलाई साझेदारी गरिरहनु उचित हुँदैन ।

सहयोग गरेको कुरा

मानौं आफन्त, छिमेकी, साथीभाइलाई तपाईंले केही सहयोग गर्नुभयो । आर्थिक सहयोग हुन सक्छ, भौतिक सहयोग हुन सक्छ । यस्ता कुरा पनि पार्टनरलाई बताउनु उचित हुँदैन । किनभने सहयोग भनेको हार्दिकताका साथ खुला हृदयले गर्ने हो । यसरी कसैलाई सहयोग गरिन्छ भने त्यसलाई प्रचार गरिरहनु आवश्यक छैन ।

Related News

वीर बहादुर बलायर: इतिहास, वर्तमान र भविष्यको बिम्ब !
वीर बहादुर बलायर: इतिहास, वर्तमान र भविष्यको बिम्ब !
  • २०७७ जेष्ठ २७

श्यामराज ओझा नेपालको हालको शासकीय स्वरूप विश्वका उत्कृष्ट मध्य पर्छ।...

TOP