
काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार ११ बजे तनहुँको व्यास नगरपालिकाको वडा नम्बर १ र ११ जोड्ने बल्दी खोलाको पुल उद्घाटन गर्ने भएका छन् ।
पौडेललाई बुधबार तनहुँ प्रशासनले रोक्नुका साथै नियन्त्रणमा लिएको थियो । पौडेललाई चर्को दबाब र आलोचनालाई प्रशासनले तीन घण्टापछि रिहा गरेको थियो । आज उद्घाटन गर्न रोकिएको पुल बिहीबार बिहान ११ बजे वरिष्ठ नेता पौडेलले नै उद्घाटन गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
उनले बिहीबार पनि प्रशासन रोक्न खोजे कांग्रेसले प्रतिवाद गर्ने र देशभर प्रदर्शन गर्ने चेतावनीसमेत दिएका छन् । उनले भने, “बिहीबार ११ बजे वरिष्ठ नेता पौडेलले आज उद्घाटन गर्न रोकिएको पुल उद्घाटन गर्नुहुनेछ । म प्रधानमन्त्री, स्थानीय प्रशासनलाई कसैलाई पनि त्यहाँ बाधा सिर्जना नगर्न अपिल गर्दछु । बाधा सिर्जना गर्न खोजिए कडा प्रतिवाद गरिनेछ ।”
उनले तनहुँको घटना दुखद भएकोसमेत बताएका छन् । उनले भने, “त्यो आकस्मिक घटना नभइ सुनियोजित घटना हो । तनहुँको ब्यास नगरपालिकाको १ र ११ लाई जोड्न बुल्दि खोलामा निर्माण गरिएको पुलको उद्घाटन गर्न त्यहाँ गएका पौडेललाई जानबाट रोकेर सरकारले आफ्नो चरित्र प्रष्ट पारेको छ ।”
एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको...