२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

कांग्रेस नेता पौडेल तनहुँबाट प्रहरी नियन्त्रणमा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

निषेधाज्ञा तोडेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले पौडेललाई नियन्त्रणमा लिएको हो।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पौडेलले निषेधाज्ञा तोडेकोले नियन्त्रणमा लिइएको बताए। ‘उहाँ (रामचन्द्र पौडेल) ले सुरक्षा घेरा तोड्नुभयो,’ प्रजिअ आचार्यले सेतोपाटीसँग भने, ‘नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेका छौं।’

भिडभाडमा नेता पौडेलको सुरक्षा अवस्था समेतलाई हेरेर नियन्त्रणमा लिनु परेको उनले बताए।

‘विभिन्न तत्वले घुसपैठ गर्न सक्ने देखियो। उहाँ घाइते हुन सक्ने भएर पनि सुरक्षाका लागि नियन्त्रणमा लिनु परेको हो। उहाँले निषेषाज्ञा पनि तोड्नुभयो,’ उनले भने। 

वरिष्ठ नेता पौडेलले पनि आफूलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको बताएका छन्।

Related News

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
  • २०७७ मंसिर १७

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध काठमाडौं...

TOP