२०८३ जेष्ठ २०, बुधबार
June 3, 2026, Wednesday

धनगढीका नगरप्रमुख र उप–प्रमुखद्धारा परीक्षाकेन्द्रको अनुगमन

धनगढी- धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वड र उप–प्रमुख सुशीला मिश्र भट्टले अहिले संचालनमा रहेको कक्षा १२ को बार्षिक परीक्षा केन्द्रको अनुगमन गरेका छन् ।

नगरप्रमुख वडले धनगढीको पञ्चोदय माध्यमिक विद्यालय र बाशुदेवी माध्यमिक विद्यालयमा परीक्षा केन्द्र अनुगमन गरेका हुन । त्यसैगरी उप–प्मुख सुशीला मिश्र भट्टले धनगढीको धनगढी नमुना मावि, त्रिनगर मावि र तुलसीराम मावि परीक्षा केन्द्रको अनुगमन गरेकी हुन ।

अनुगमनका क्रममा नगरप्रमुख र उप–प्रमुखले विद्यार्थीहरुको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर मर्यादीत तरीकाले परीक्षा संचालन गर्न निर्देशन समेत दिएका थिए । नगरप्रमुख वडले कोरोना महामारीको बिचमा परीक्षा संचालन भैरहेकाले विद्यार्थीहरुको स्वास्थ्य सुरक्षालाई ख्याल गरेर मर्यादीत तरीकाले परीक्षा संचालन गर्न निर्देशन दिए । त्यसैगरी उप–प्रमुख सुशीला मिश्र भट्टले कोरोना माहामारीका बिच परीक्षा संचालन गर्दाका ब्यबस्थापकीय समस्याका बारेका केन्द्राध्यक्षहरु संग बुझेकी थिईन ।

केन्द्राध्यक्षहरुले राष्ट्रिय परीक्षाबोर्डबाट समयमा प्रश्नपत्र नपठाउदा समस्या भैरहेको गुनासो गरेका थिए । त्रिनगर माध्यमिक विद्यालयका प्रअ भूपाल सिंह खड्काले समयमा राष्ट्रिय परीक्षाबोर्डबाट प्रश्नपत्र नपुग्दा थोरै कठिनाई भएको बताए ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०७७ मंसिर ११

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP