२०७७ मंसिर १६, मंगलवार
December 1, 2020, Tuesday

पहिरोले घर बगाउँदा एकै परिवारका ८ जना बेपत्ता : २ को मृत्यु

पोखरा- अविरल वर्षाका कारण पहिरो खस्दा स्याङ्जामा घरभित्रै ८ जना पुरिएका छन् । 

वालिङ नगरपालिका वडा नम्बर १४ स्थित माया परियारको घर पहिरोले पुरिँदा ९ जना घर भित्रै परेका हुन् ।

बिहीबार बिहान घर माथिबाट गएको पहिरोले घर पुरेको स्थानीय समाजसेवी राजु कुँवरले जानकारी दिए ।  

१० जनाको परिवार रहेकोमा १ जनालाई जीवितै उद्धार गरी उपचारका लागि लगिएको छ भने १ महिलाको शव बाहिर निकालिएको हो । घर माथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको प्रहरीले बताएको छ ।

प्रहरी र स्थानीयबासी मिलेर उद्धार गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै अविरल वर्षासगै आएको पहिरोले पुरिएर कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलमा १ जनाको ज्यान गएको छ । पहिरोमा परि बाबुराम दमैका १६ वर्षे य छोरा विष्णुबहादुर परियारको मृत्यु भएको हो ।

Related News

जनताको घरदैलोमा पूर्वमन्त्री बलायर : स्थानीय भन्छन्,‘कम्युनिष्टलाई भोट दिएर पछुतायौं ।’
जनताको घरदैलोमा पूर्वमन्त्री बलायर : स्थानीय भन्छन्,‘कम्युनिष्टलाई भोट दिएर पछुतायौं ।’
  • २०७७ आश्विन ८

डोटी- नेपाली कांग्रसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर गृहजिल्ला डोटीको भ्रमणमा छन् । गृहजिल्ला प्रवेस गरेसँगै बलायरले बोगटान फुड्सील...

सभा, जुलुश र भीडभाड गर्न निषेध
सभा, जुलुश र भीडभाड गर्न निषेध
  • २०७७ आश्विन ८

राजनीतिक वा अन्य माग राखेर भीडभाड गर्नेलाई कारबाही गरिने काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुश, प्रदर्शन तथा अभियानका नाममा...

पूर्व स्वास्थ्य मन्त्री गगन थापाले बनाएको नीतिगत जग : देशभर अस्पताल शिलन्यास
पूर्व स्वास्थ्य मन्त्री गगन थापाले बनाएको नीतिगत जग : देशभर अस्पताल शिलन्यास
  • २०७७ आश्विन ८

काठमाडौं–पूर्व स्वास्थ्य मन्त्री गगन थापाले बनाएको नीतिगत जगमा मुलुकभर एकै पटक आधारतभूत अस्तापलको शिलन्यास भएको छ । सोमबार देशभरका तीन...

TOP