२०८३ श्रावण १०, आईतवार
July 26, 2026, Sunday

‘बहुगुणी–२’ धानमा बाला लागेन, सरकारबाटै ठगिएको किसानको गुनासो

भानुभक्त आचार्य/ धनगढी 

अनलाइन खबर – कैलाली गौरिगंगा नगरपालिका-९ का किसान घनश्याम पौडेलले यसअघि कृषि प्राविधिककै सल्लाहमा गरिमा जातको धानको बिउ लगाएका थिए । त्यो वर्ष गरिमा जातको धानको बिउ लगाएका पौडेलसहित हजारौँ किसानहरू मर्कामा परे ।

यस वर्ष भने उनले गरिमाको विकल्पमा ‘बहुगुणी–२’ धान खेती गरे, कृषि प्राविधिककै सल्लाहमा । तर पौडेल अहिलेदेखि नै चिन्तामा छन् । वरिपरिका खेतमा धानका बाला झुलिसक्दा पनि उनको खेतमा अझै बाला लागेको छैन ।

गौरिगंगा नगरपालिकाको कृषि शाखाले वितरण गरेको बहुगुणी–२ जातको धानको बीउ ५० प्रतिशत अनुदानमा पौडेलले लिएर आएका थिए । उनले ८ कठ्ठामा लगाएको धानमा अझै बाला लागेको छैन ।

‘कृषि शाखाले नै बाँडेको धान लगाएका हौँ । यस पटक त धान फल्दैन जस्तो छ,’ उनले भने, ‘अझैसम्म बाला नलाग्दा हामी चिन्तित छौँ ।’

पौडेलले लगाएको बहुगुणीमा बहुरंग देखिएको छ । कुनै भर्खर बाला लाग्दै छ । कतै बाला लागेको छैन । कतै पाक्दै छ । ‘हामीले एकैदिन एकैठाउँबाट ल्याएर लगाएका हौँ कसरी मिश्रित भयो ?’ उनले भने, ‘एउटै बिउमा पनि पनि फरक–फरक विशेषता देखियो ।’

पौडेललाई भन्दा धेरै पिर गौरिगंगा नगरपालिका ९ शंकरपुरका भान बहादुर ठगुन्नालाई छ । उनले नजिकैका स्थानीय चक्र बहादुर ताडीको डेढ बिघा जग्गा ठेक्कामा लिएर बहुगुणी–२ जातको धान लगाएका थिए । अहिलेसम्म धानमा बाला लागेको छैन । ‘कृषि शाखाले दिएको बिउ राम्रो नहोला कि भनेर शंका नै गरिएन,’ उनले भने, ‘तर हामी सरकारबाटै ठगियौँ ।’

गौरिगंगामा मात्रै होइन, घोडाघोडी नगरपालिकामा पनि सयौँ किसानहरूले अहिलेसम्म धानमा बाला नलागेको गुनासो गरेका छन् ।

पुरा समाचार पढ्नुहोस्

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७७ भाद्र ३०

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP