२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

नेपालमा दुई महिनाको अबधिमा १,६८१ जनाले गरे आत्महत्या : चैत्रयता ३४ सयभन्दा बढी घटना

काठमाडौं- नेपालमा आत्महत्या गर्नेको संख्या दिनदिनै बढ्दो छ। साउन महिनामा मात्र देशभर ७ सय ९ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। गत चैतयता देशभर ३ हजार ४ सय १० जनाले आत्महत्या गर‍ेका छन्।

गत असारमा मात्र देशभर ९ सय ७२ जनाले आत्महत्या गरेका थिए। चैतमा लकडाउन महिना सुरु भएयता आत्महत्या गर्नेको संख्या बढिरहेको छ।

प्रहरी तथ्यांकअनुसार साउन महिनामा मात्र काठमाडौं उपत्यकामा ५८ जना, प्रदेश-१ मा एक सय ३० जना, प्रदेश-२ मा ६७ जना, बागमती प्रदेशमा एक सय ६ जना, गण्डकी प्रदेशमा ७२ जना, प्रदेश-५ मा एक सय ५३ जना, कर्णाली प्रदेशमा ४५ जना र सुदुर पश्चिम प्रदेशमा ७९ जनाले आत्महत्या गरेका छन्।  ३ सय ९२ पुरुष, २ सय ३८ महिला, ४२ बालक र ३८ बालबालिकाले आत्महत्या गरेका छन्।

असारमा काठमाडौं उपत्यकामा ७३, प्रदेश-१ मा एक सय ९७, प्रदेश-२ मा एक सय ६०, बागमतीमा एक सय ७२, गण्डकीमा ९०, प्रदेश-५ मा एक सय ६३, कर्णाली प्रदेशमा ४५ र सुदुर पश्चिम प्रदेशमा ७४ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पाँच सय १३ पुरुष, ३ सय २७ महिला, ५६ बालक र ७६ बालिकाले आत्महत्या गरेका छन्।

असार र साउनमा मात्र देशभर एक हजार ६ सय ८१ जनाले आत्महत्या गरेका छन् जुन दैनिक औसत २८ जना हुन आउँछ।

चैतयताको तथ्यांक हेर्ने हो भने नेपालमा दैनिक औसत २३ जनाले आत्महत्या गर्ने गरेको देखिन्छ। आर्थिक वर्ष २०७६/०७७ मा देशभर ६ हजार २ सय ७९ जनाले आत्महत्या गरेका थिए। यो दैनिक औसत १७ जना हुन आउँछ।

आर्थिक वर्ष २०७५/०७६ मा देशभर पाँच हजार सात सय ५४ जनाले आत्महत्या गरेका थिए जुन दैनिक औसत १६ जना हुन आउँछ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७७ भाद्र २८

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP