२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

सेती अस्पतालको परिक्षणमा कैलालीका १६ र कञ्चनपुरका ३ जनामा कोरोना पुष्टि

सोमबार सेती प्रादेशीक अस्पतालको परिक्षणमा कैलालीका १६ र कञ्चनपुरका ३ जना गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ सय ९३ जनाको स्वाव परिक्षण गरिएकोमा १९ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशीक अस्पतालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

बिज्ञप्ती अनुसार धनगढी उपमहानगरपालिका ५ का ४ महिला ५ पुरुष गरि ९ जना, धनगढी ३ का एक महिला र एक पुरुष गरि दुई जना, धनगढी १ का दुई पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी कैलालीको जानकीका एक पुरुष, बर्दगोरियाका एक पुरुष, लम्की चुहाका एक महिला, कंचनपुरको बेदकोटका एक महिला र एक पुरुष र कंचनपुरको भिमदत्तका एक पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालको बिज्ञप्तीमा उल्लेख छ ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ भाद्र १५

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP