२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

एकजना संक्रमित पत्ता लगाउन एक लाख चार हजार खर्च

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म पिसिआर परीक्षणको लागि ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च भएको जनाएको छ।

मन्त्रालयको नियमित कोरोना ब्रिफिङ क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले एक व्यक्तिको संक्रमित केस पत्ता लगाउनको लागि १ लाख ४ हजार ६ सय ३० खर्च भएको बताए।

मन्त्रालयले अनुसार हालसम्म ५ लाख ७९ अजार ८९९ जनाको परीक्षण भएकामध्ये ३० हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

‘पीसीआर परीक्षण गरेको ५ हजार ५ सय रुपैँया परीक्षणपछी प्राप्त भएको पोजेटिभ केसको हिसाब गर्दा एक व्यक्ति संक्रमित परिचाहन गर्न १ लाख ४ हजार ६ सय ३० पर्ने देखिएको डा. गौतमले बताए।

उनले एउटा व्यक्ति ३० दिन आईसीयूमा बस्न परे राज्यको तर्फबाट थप ४ लाख ५० हजार रुपैयाँ खर्च हुने जानकारी समेत दिए ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ भाद्र ६

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP