स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म पिसिआर परीक्षणको लागि ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च भएको जनाएको छ।
मन्त्रालयको नियमित कोरोना ब्रिफिङ क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले एक व्यक्तिको संक्रमित केस पत्ता लगाउनको लागि १ लाख ४ हजार ६ सय ३० खर्च भएको बताए।
मन्त्रालयले अनुसार हालसम्म ५ लाख ७९ अजार ८९९ जनाको परीक्षण भएकामध्ये ३० हजार ४ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
‘पीसीआर परीक्षण गरेको ५ हजार ५ सय रुपैँया परीक्षणपछी प्राप्त भएको पोजेटिभ केसको हिसाब गर्दा एक व्यक्ति संक्रमित परिचाहन गर्न १ लाख ४ हजार ६ सय ३० पर्ने देखिएको डा. गौतमले बताए।
उनले एउटा व्यक्ति ३० दिन आईसीयूमा बस्न परे राज्यको तर्फबाट थप ४ लाख ५० हजार रुपैयाँ खर्च हुने जानकारी समेत दिए ।
धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...