२०८३ श्रावण १४, बिहीबार
July 30, 2026, Thursday

बैंक कर्मचारी भन्दै ठगी गर्ने कैलालीका एक जना डोटीबाट पक्राउ

डोटी- बैंकको कर्मचारी हुँ भन्दै ठगी गर्ने कैलालीका एक जना पक्राउ परेका छन् । डोटीको पिपल्ला बजारबाट भाडाको गाडी सहित कैलालीको जुगेडाका पदमराज भट्टलाई प्रहरीले पक्राउ गरेको ।

कैलालीमा बैंकको कर्मचारी भन्दै १० लाख ठगी गरेको आरोपमा उनिह बिरुद्ध मुद्धा परेको थियो । मुद्धा परेपछि भट्ट फरार रहेका थिए ।

बिहिबार राती पिपल्ला बजारबाट से १ च २३१२ नम्बरको गाडी र चालक सहित पक्राउ गरेर कैलाली पठाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख, प्रहरी नायव निरिक्षक रमेश शाहीले शिखर समाचारलाई जानकारी दिए ।

पक्राउ परेका भट्ट भुतपूर्व सशस्त्र प्रहरी हुन् । भट्टले एक महिनाका लागि गाडी भाडामा लिएर दिपायल पुगेका थिए ।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०७७ असार २६

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP