२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023, Friday

बैंक कर्मचारी भन्दै ठगी गर्ने कैलालीका एक जना डोटीबाट पक्राउ

डोटी- बैंकको कर्मचारी हुँ भन्दै ठगी गर्ने कैलालीका एक जना पक्राउ परेका छन् । डोटीको पिपल्ला बजारबाट भाडाको गाडी सहित कैलालीको जुगेडाका पदमराज भट्टलाई प्रहरीले पक्राउ गरेको ।

कैलालीमा बैंकको कर्मचारी भन्दै १० लाख ठगी गरेको आरोपमा उनिह बिरुद्ध मुद्धा परेको थियो । मुद्धा परेपछि भट्ट फरार रहेका थिए ।

बिहिबार राती पिपल्ला बजारबाट से १ च २३१२ नम्बरको गाडी र चालक सहित पक्राउ गरेर कैलाली पठाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख, प्रहरी नायव निरिक्षक रमेश शाहीले शिखर समाचारलाई जानकारी दिए ।

पक्राउ परेका भट्ट भुतपूर्व सशस्त्र प्रहरी हुन् । भट्टले एक महिनाका लागि गाडी भाडामा लिएर दिपायल पुगेका थिए ।

Related News

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
  • २०७७ असार २६

काठमाडौं – नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा...

TOP