डोटी- डोटीमा थप ४९ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत भएको परीक्षणमा पछिल्लो २४ घण्टामा डोटीका ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका वडा नं. ५ का एक पुरुष, वडा नं. ८ का एक महिला र दुई वर्षीया बालिका, १६ जना पुरुष गरि १८ जना, वडा नं. ९ का दुई पुरुष गरी जम्मा २१ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै आदर्श गाउँपालिका वडा नं. १ का एक महिला र पाँच पुरुष गरि ६ जना, वडा नं. २ का चार महिला र एक पुरुष गरि पाँच जना, वडा नं. ४ का ८ महिले शिशु, एक महिला र तीन जना पुरुष गरि पाँच जना, वडा नं. ५ का पाँच वर्षीय बालीका एक महिला र दुई पुरुष गरि ४ जना गरि जम्मा २० जनामा कोरोना पुष्टि भएको छ ।
सायल गाउँपालिकामा पनि ७ जनामा कोरोना पुष्टि भएको छ । गाउँपालिकाको वडा नं. ६ का एक महिला र ६ पुरुष गरि सात जनामा कोरोना पुष्टि भएको हो । आजै शिखर नगरपालिका वडा ४ का एक पुरुषमा समेत कोरोना पुष्टि भएको छ ।
यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या एक सय ८९ पुगेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
सबै भन्दा बढी शिखर नगरपालिकाका ४६ जना, पूर्वीचौकी गाउँपालिकाका ४३ जना, आदर्श गाउँपालिकाका ३७ जना, जोरायल गाउँपालिकाका १४ जना, दिपायल सिलगढी नगरपालिकाका ३३ जना, बडीकेदार गाउँपालिकाका ४ जना, सायल गाउँपालिकाका १० जना, र केआइसिंह गाउँपालिका २ जना गरी एक सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं – नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा...